चितवन । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अनुशासन उलङ्घन मान्य नहुने बताएका छन् । मंगलबार साँझ सौराहामा महाधिवेशन समापन गर्दै ओलीले पार्टीमा जो सुकै भएपनि अनुशासन उलङ्घन मान्य नहुने बताएका हुन् ।
पार्टी गैरजिम्मेवार भएर चल्न नसक्ने उनको भनाइ छ । दम्भी, अहंकारी नेता नहुने भन्दै ओलीले विनम्रताका साथ हरेक व्यक्तिप्रति सहिष्णुताका साथ अघि बढ्ने बताए । अब तीन महिना एमालेले देशभर एकीकरण अभियान चलाउने उनले बताए ।