

अध्यक्ष लिङ्देनले गरे ३१ केन्द्रीय सदस्य मनोनयन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको पहिलो चरणमा ३१ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । पार्टीका नवनिर्वाचित अध्यक्ष लिङ्देनले मनोनयन गरेका केन्द्रीय सदस्यहरुमा दीपक बोहरा, हरिबहादुर बस्नेत, नवराज सुवेदी, बालाराम घर्तीमगर, टङ्क ढकाल निरञ्जन थापा, बलाराम घर्ती मगर, मोहन श्रेष्ठलगायतका नेताहरु रहेका छन् ।