अटोबजारमैत्री नीति भएन: नाडा अध्यक्ष चौधरी

१ पुष , काठमाडौं । सवारी साधन व्यवसायीहरुको संस्था नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले सरकारको नीतिहरू अटोबजारमैत्री नभएको बताएका छन् । नाडाको ४८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष चौधरीले नेपालको अर्थतन्त्रमा अटोमोबाइल्स क्षेत्रले ठूलो योगदान दिएको हुनाले सरकारले अटोबजारमैत्री नीति तर्जुमा गर्नुपर्नेमा ध्यानाकर्षण गराए । उनले नेपालको अर्थतन्त्रमा अटोमोबाइलको योगदान २१ प्रतिशत, प्रत्यक्ष रोजगारी १ लाख, अप्रत्यक्ष रोजगारी १० लाख, बीमा क्षेत्रमा ५० प्रतिशत योगदान र विज्ञापन क्षेत्रमा ४० प्रतिशत योगदान गरेको जानकारी दिए । धेरै  ठूलो योगदान गर्ने अटो क्षेत्रको लागि सरकारले अटोमैत्री नीति नबनाएको उनको गुनासो थियो ।

कार्यक्रममा अध्यक्ष चाैधरीले विशेषगरी विद्युतीय गाडीमा कर बढाएको, झन्झटिलो कर प्रणाली रहेको र राष्ट्र बैंकले मौद्रिक नीतिमा यस क्षेत्रको लागि केही पनि उल्लेख नगरेको लगायतका समस्या औल्याएका थिए ।

The post अटोबजारमैत्री नीति भएन: नाडा अध्यक्ष चौधरी first appeared on Khabar Breaking.

  • Related Posts

    नेपाल बैंकर्स संघको अध्यक्षमा कोइराला निर्विरोध

    २पुष, काठमाडौँ । नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध हुनु भएको छ । वाणिज्य बैंकहरुको प्रमुख कार्यकारी अधिकृतको संस्थाको रूपमा रहेको संघमा आगामी कार्यकालको लागि अध्यक्षमा कोइरालाको एकल उम्मेदवारी…

    Read more

    आज तीन वटा संसदीय समितिको बैठक बस्दै

    २ पुष,काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ ।  बिहान साढे ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा…

    Read more

    Leave a Reply

    You Missed

    नेपाल बैंकर्स संघको अध्यक्षमा कोइराला निर्विरोध

    • By
    • December 17, 2024
    • 12 views

    आज तीन वटा संसदीय समितिको बैठक बस्दै

    • By
    • December 17, 2024
    • 11 views

    राष्ट्रिय वाणिज्य साकोसमा नयाँ संचालक समितिको चयन; सदस्यहरुलाई १०% लाभांश प्रदान

    • By
    • December 17, 2024
    • 10 views
    राष्ट्रिय वाणिज्य साकोसमा नयाँ संचालक समितिको चयन; सदस्यहरुलाई १०% लाभांश प्रदान

    सोलुखुम्बुको सोताङ गाउँपालिकामा काङ्ग्रेसको जागरण अभियान

    • By
    • December 16, 2024
    • 8 views
    सोलुखुम्बुको सोताङ गाउँपालिकामा काङ्ग्रेसको जागरण अभियान

    अर्थमन्त्री थाइल्याण्ड प्रस्थान

    • By
    • December 16, 2024
    • 10 views

    Profile and Interviews: रात्रि 1:30 महाराज जी के दुर्लभ दर्शन 🥰।। मेरो वृंदावन धाम 🙏।।#viral #premmandirvrindavan