हिलटप जुनार  बहुउद्देश्यीय सहकारी संस्थाको पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । काठमाडौंको तिनकुनेमा मुख्य कार्यालय रहेको हिलटप जुनार  बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाले भदौ २८ गते सिन्धुली जिल्ला सेवाकेन्द्र र असोज १ गते काठमाडौं , ललितपुर , भक्तपुर र काभ्रेपलान्चोक जिल्लाका सेवा केन्द्रका साधारणसभा सम्पन्न गरेपछि असोज ६ गते काठमाडौंमा अन्तिम निर्णय प्रमाणिकरण सभा आयोजना गरेको हो।

संस्थाका कार्यवाहक अध्यक्ष देवी खड्काको सभापतित्व र सिन्धुली जिल्लाबाट नेकपा (माओवादी केन्द्र)का प्रतिनिधि सभाका सदस्य लेखनाथ दाहालको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा राष्ट्रिय सहकारी बैंकका संचालक ध्रुव बिष्ट , राष्ट्रिय सहकारी बैंकको बानेश्वर शाखा प्रमुख विनोद भट्टराई लगायतको उपस्तिथि रहेको थियो।

साधारणसभाले संस्थाको आर्थिक वर्ष २०८०८१ को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। समिक्षा आर्थिक वर्षको वासलात , लेखा र सुपरिवेक्षण प्रतिवेदन , नाफानोक्सान हिसाब लगायतका आर्थिक प्रतिवेदन पनि सभाबाट पारित भए।

सभाले चालू आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम , बजेट , लेखापरीक्षकको नियुक्ति लगायतलाई स्वीकृत गरेको छ।

कार्यक्रममा सांसद दाहालले सहकारी क्षेत्रमा हाल देखिएको अन्यौल , अविश्वास र संकट समाधान गर्नको लागि अधिकार सम्पन्न सहकारी प्राधिकरणको आवश्यकता रहेको बताए । सबै सहकारी संस्थाहरुले कोपोमिस प्रणाली लागू गरि वित्तीय सुशासनमा ध्यान दिनुपर्नेमा उनले जोड दिएका थिए।

राष्ट्रिय सहकारी बैंकका संचालक ध्रुव बिष्टले देशभर ३० हजार सहकारीहरु रहेको र करिब ५ सय संस्थामा समस्या आएकोमा समग्र सहकारी क्षेत्रलाई नै दोष दिनु उपयुक्त नहुने बताए। सहकारीका सदस्यहरुले आफ्नो संस्थाप्रति अपनत्व लिएर कारोबार गर्ने र आवश्यक जानकारी राख्ने गरेमा समस्या नआउने उनले बताए।

आर्थिक वर्ष २०८०/८१ मा यस सहकारीको शेयर पूँजी रु४,७९,९९,०००/- र कुल वासलात रु४२,२९,५०,४७५.२९ कायम भएको छ। संस्थाको जगेडा र अन्य कोष रु. २,४९,५१,७०५.९२ रहेको छ। संस्थाको संचालन मुनाफा रु. २३,५४,८१६.४८ रहेको छ।

The post हिलटप जुनार  बहुउद्देश्यीय सहकारी संस्थाको पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न first appeared on Khabar Breaking.

  • Related Posts

    लघुवित्तलाई थप व्यवस्थित गर्न एकीकृत निर्देशन संशोधित

    २४ पुष , काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका इजाजतप्राप्त लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन , २०७९  उक्त निर्देशन संशोधन/परिमार्जन/थप गरेको छ । उक्त संशोधन मार्फत लघुवित्त…

    Read more

    ठूलो खोला हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासन गर्ने प्रस्ताव साधारणसभाबाट पारित

    काठमाडौं । ठूलो खोला हाइड्रोपावर लिमिटेडले आफ्नो दोस्रो वार्षिक  साधारणसभा सम्पन्न गर्दै प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने प्रस्ताव पारित गरेको छ ।   कम्पनीका अध्यक्ष नरेन्द्र बल्लभ पन्तको अध्यक्षतामा मंगलबार…

    Read more

    Leave a Reply

    You Missed

    लघुवित्तलाई थप व्यवस्थित गर्न एकीकृत निर्देशन संशोधित

    ठूलो खोला हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासन गर्ने प्रस्ताव साधारणसभाबाट पारित

    व्यवसायिक जीवनमा नम्बर मुल्यांकन हुँदैनः काउन्सिल अध्यक्ष शाही

    ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा १८ हजार बृक्षारोपण गर्ने घोषणा