हिन्दू संस्कृति र नेपाल–भारत सम्बन्धबारे विशेष कार्यक्रम सम्पन्न; भाजपा नेता जोलीको सम्बोधन

 

८ मंसिर , काठमाडौं । भारतीय जनता पार्टीका वरिष्ठ नेता तथा पूर्व विदेश विभाग प्रमुख विजय जोलीले नेपाल र भारतबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई थप सुदृढ गर्न सबै तहमा सहकार्य आवश्यक रहेको बताएका छन् ।

राष्ट्रिय एकता अभियानले शनिबार  केन्द्रीय कार्यालय काठमाडौंमा आयोजना गरेको ‘ हिन्दू संस्कृति र नेपाल-भारत सम्बन्ध’ विषयक कार्यक्रममा  हाल नेपाल भ्रमणमा रहेका भाजपाका नेता जोलीले नेपाललाई हिन्दू सभ्यताको महत्वपूर्ण केन्द्रका रूपमा सम्बोधन गर्दै दुई देशबीचको सम्बन्ध केवल राजनीतिक नभई सांस्कृतिक र भावनात्मक जगमा आधारित रहेको चर्चा गरेका हुन् ।  जोलीले भाजपाले नेपालसँगको सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउँदै हिन्दू सभ्यताको संरक्षणका लागि निरन्तर सहकार्य गर्ने आश्वासन दिए।उनले कार्यक्रमले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन साझा प्रयासको महत्त्वलाई पुनः पुष्टि गरेको बताए ।

कार्यक्रमको अध्यक्षता राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले गरेका थिए। कार्यक्रममा तत्कालीन संविधान सभाका  सदस्य भूपेंद्र चौधरी राष्ट्रिय एकता अभियानमा प्रवेश गरेका थिए। चौधरीलाई विजय जोली र अभियानका अध्यक्ष विनय यादवले खादा ओढाएर अभियानमा स्वागत गरे। चौधरीले अभियानमा आवद्ध भएपछि हिन्दू सभ्यताको सशक्तीकरण र राष्ट्रिय एकताका लागि अझ सक्रिय भएर काम गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा नेपाली जनता दलका अध्यक्ष हरिचरण साह, पूर्व राजपा उपाध्यक्ष सत्यनारायण मण्डल, राष्ट्रिय मुक्ति पार्टीका नेता सिऐन थारू, र समाजसेवी विजय राउत लगायतले आ–आफ्नो मन्तव्य राखेका थिए। यस्तै, अभियानका केन्द्रीय सदस्य चन्द्र यदुवंशी, युवा विभाग प्रमुख दिवस पटेल, महिला विभाग प्रमुख रीता साह, बागमती प्रदेश इञ्चार्ज शिसिर रञ्जितकार, उपत्यका इञ्चार्ज महेश्वरमान वैद्य, र काठमाडौँ जिल्ला संयोजक राजकुमार लामीछाने लगायतको उपस्थिति रहेको थियो।

अभियानका अध्यक्ष विनय यादवले नेपाललाई संघीय हिन्दू गणराज्यको रूपमा घोषणा गर्ने उद्देश्यसहित अभियानले निरन्तर गतिविधि गर्दै आएको बताए। उनले भारतसँगको सांस्कृतिक सहकार्यले अभियानलाई थप ऊर्जा दिने विश्वास व्यक्त गरे।

The post हिन्दू संस्कृति र नेपाल–भारत सम्बन्धबारे विशेष कार्यक्रम सम्पन्न; भाजपा नेता जोलीको सम्बोधन first appeared on Khabar Breaking.

  • Related Posts

    ४९ अर्ब बढीको आइपिओ निष्कासन गर्न ८० कम्पनीहरु पाइपलाइनमा

    ११ पुष , काठमाडौं । पुँजीबजारमा प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)का लागि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका कम्पनीको सङ्ख्या ८० पुगेको छ ।  धितोपत्रको आइपिओ जारी गरी सूचीकरण भइसकेका छ वटा…

    Read more

    रोयल बहुउद्देश्यीय सहकारी संस्थाको २७औं साधारणसभा सम्पन्न; कृषि श्रोत केन्द्रदेखि लघुवित्तसम्म विश्वसनीय सेवाको प्रतिबद्धता

    काठमाडौं । बसुन्धरामा प्रधान कार्यालय रहेको रोयल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो २७औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष भानुभक्त ढकालको सभापतित्व एवं मुक्तिनाथ विकास बैंकका अध्यक्ष  तथा मुक्तिनाथ…

    Read more

    Leave a Reply

    You Missed

    ४९ अर्ब बढीको आइपिओ निष्कासन गर्न ८० कम्पनीहरु पाइपलाइनमा

    • By
    • December 26, 2024
    • 9 views

    रोयल बहुउद्देश्यीय सहकारी संस्थाको २७औं साधारणसभा सम्पन्न; कृषि श्रोत केन्द्रदेखि लघुवित्तसम्म विश्वसनीय सेवाको प्रतिबद्धता

    • By
    • December 26, 2024
    • 9 views

    गरिमा म्युचुअल फण्डको “गरिमा समृद्घि योजना” मा आवेदन दिने आज अन्तिम दिन

    • By
    • December 26, 2024
    • 9 views

    म्याग्दी बचत तथा ऋण सहकारीको १७औं साधारणसभा सम्पन्न; ४.७५% भन्दा बढी लाभांश प्रदान

    • By
    • December 26, 2024
    • 9 views

    ‘फेसियल हाउस’ ब्युटी सैलुनले मनायो सत्रौं वार्षिकोत्सब

    • By
    • December 25, 2024
    • 12 views

    फेसियल हाउस’को १७औँ वार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • By
    • December 25, 2024
    • 10 views