शेयर बजार सूचकमा निरन्तर वृद्धि; कारोबारमा नयाँ कीर्तिमान

१७ साउन , काठमाडौं । सेयर कारोबार रकमले बुधबार नयाँ कीर्तिमान बनाएको छ। यसअघिको २१ अर्ब ६४ करोडको कारोबारलाई उछिन्दै २१ अर्ब ९१ करोडको नयाँ कीर्तिमान बनाएको हो। धितोपत्र बजारमा सूचकमा देखिएको निरन्तरको वृद्धिसँगै कारोबार रकमले अहिलेसम्मकै रेकर्ड तोडेको हो। बुधबार नेप्से सूचक २७६०.९० अंकमा पुगेको थियो।

बुधबार लगानीकर्ताले २१ अर्ब ९१ करोड रुपैयाँको सेयर कारोबार गर्दा २०७८ साउन ३१ गतेको २१ अर्ब ६१ करोड रुपैयाँको कारोबारलाई उछिनेको हो। अघिल्लो पटकको बुलमा अधिकतम २१ अर्ब ६१ करोडको कारोबारले रेकर्ड बनाउँदा नेप्से सूचक २७६० अंकमा पुगेको थियो।

बुधबार नेप्से सूचक बढेर उत्साहित बनेका लगानीकर्ताले अन्तिम ४ मिनेटमा करिब १ अर्ब बराबरको कारोबार गरेका छन्। दिउँसो २ः५६ मा २१ अर्बको कारोबार गरेका लगानीकर्ताले ३ बजेसम्म २१ अर्ब ९१ करोड रुपैयाँको कारोबार गरे।

बुधबार नेप्से सूचक ६४.२५ अंकले बढेर २७६०.९० अंकमा बजार बन्द हुँदा ३ सय ३२ वटा कम्पनीको ५ करोड कित्ता सेयर २१ अर्ब ९१ करोड रुपैयाँमा कारोबार भएको थियो।

सूचक र कारोबारको वृद्धिले ८ वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ।

बुधबार  सर्वाधिक कारोबार हुने कम्पनीहरु
बुधबार कारोबार रकम अहिलेसम्मकै उच्च हुँदा हिमालयन रिको सर्वाधिक ८४ करोड ४९ लाखको कारोबार भएको छ।

त्यस्तै, माउन्टेन इनर्जी नेपालको ४१ करोड, शिवम् सिमेन्टको ४० करोड, नेपाल फाइनान्सको ३८ करोड ९४ लाख र अपि पावरको ३७ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ। यी कम्पनीको सेयर मूल्य क्रमशः ७४५.९०, ६९४.९०, ६६२, १९५८.९० र २५८.१० रुपैयाँ रहेको छ।

The post शेयर बजार सूचकमा निरन्तर वृद्धि; कारोबारमा नयाँ कीर्तिमान first appeared on Khabar Breaking.

  • Related Posts

    ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सव, सुरक्षित डिजिटल बैंकिङ्ग सेवा विस्तार गर्न अध्यक्ष ढकालको जोड

      १८ पुष,काठमाडौं ।ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ । २०६३ साल पौष १८ गते स्थापना भएको ग्लोबल आइएमई बैंक बिहीबारदेखि १९औँ वर्षमा…

    Read more

    ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सवको अवसरमा फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई विषेश उपहार योजना

      १८ पुष, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा बैंकको फोनपे नेटवर्कमा आवद्ध भएका क्यूआर कोड मर्चेन्टहरुलाई लक्षित गरी क्यासब्याक, स्मार्टफोन र १ लाखको मुद्दती जित्ने…

    Read more

    Leave a Reply

    You Missed

    ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सव, सुरक्षित डिजिटल बैंकिङ्ग सेवा विस्तार गर्न अध्यक्ष ढकालको जोड

    • By
    • January 2, 2025
    • 8 views

    ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सवको अवसरमा फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई विषेश उपहार योजना

    • By
    • January 2, 2025
    • 8 views

    विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडको साधारणसभा-२०८१ को उद्घाटन समारोहमा पर्यटन राज्यमन्त्रीको सम्बोधन

    • By
    • January 2, 2025
    • 8 views
    विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडको साधारणसभा-२०८१ को उद्घाटन समारोहमा पर्यटन राज्यमन्त्रीको सम्बोधन

    कृषिको अनुदान क–कसले पाए खोजी गरी सार्वजनिक गछौं ः अध्यक्ष तिमिल्सीना

    • By
    • January 2, 2025
    • 8 views

    सुनचाँदीको मूल्य बढ्यो

    • By
    • January 2, 2025
    • 4 views

    माओवादी स्थायी कमिटी बैठक बस्दै

    • By
    • January 2, 2025
    • 9 views