४ कात्तिक, काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका सीईओ दीपप्रकाश पाण्डेको कार्यकाल ४ वर्ष थप भएको छ । सञ्चालक समितिको गत बिहीबार बसेको बैठकले सीईओ पाण्डेको कार्यकाल थप गर्ने निर्णय गरेको हो ।
सो कुरा कम्पनी सचिव सुरज राजबाहकले जनाएका छन् । पाण्डे निर्जीवन बीमा क्षेत्रमा लामो समयदेखि कार्यरत छन् । उनलाई क्षमतावान र अनुभवी सीईओका रुपमा लिइन्छ ।
The post शिखर इन्स्योरेन्सका सीईओ पाण्डेको कार्यकाल ४ वर्ष थपियो first appeared on Khabar Breaking.