विजय लघुवित्तमा नयाँ संचालक समिति निर्वाचित, अध्यक्षमा पुनः लोक बहादुर खड्का

धुलिखेल । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न गर्दै नयाँ संचालक समितिको चयन गरेको छ। कम्पनीको साधारणसभा अध्यक्ष लोक बहादुर खडकाको सभापतित्वमा असार ३० गते आइतबार धुलिखेलमा सम्पन्न भएको थियो।

साधारणसभाले संचालक समितिमा संस्थापक समुहबाट लोक बहादुर खड्का , कपिल न्यौपाने , खेमराज सापकोटा र कमल प्रसाद ज्ञवाली सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै सर्वसाधारण समूहबाट उमेश घिमिरे निर्वाचित भए।

त्यससँगै नयाँ संचालक समितिको बैठकले लोक बहादुर खड्कालाई आगामी ४ वर्षको लागि पुनः अध्यक्ष चयन गरेको छ।

सभाले कम्पनीको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। त्यस्तै , समीक्षा आ. व. को वासलात, लेखापरीक्षण प्रतिवेदन , नाफानोक्सान हिसाब , नगदप्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन समेत सभाबाट पारित भएका छन् ।

तत्कालीन विजय लघुवित्त र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाहरु गाभिएर बनेको यस संस्थाले मिति २०८०/३/३१ बाट एकीकृत वित्तीय कारोबार शुरु गरेको थियो। हाल संस्थाको ४४ जिल्लामा १३५ शाखा रहेका छन् । संस्थाले आर्थिक वर्ष २०७९/८० को अन्तसम्ममा आइपुग्दा २५,२७४ समुहमा आवद्ध रहेका १,४३,४७० जना सदस्यहरुलाई लघुवित्तीय सेवा दिएको जनाएको छ।

समीक्षा आ. व. मा चुक्ता पूँजी रु. ७४ करोड ५० लाख भन्दा बढी रहेको यस संस्था ऋण सापटी रु. ५ अर्ब ८६ करोड ९३ लाख भन्दा बढी रहेको छ। त्यस्तै , खुद मुनाफा रु३ करोड ९० लाख बढी रहेको छ।

साधारणसभामा अध्यक्ष लोक बहादुर खड्काले आगामी वर्ष पुष भित्रमा साधारणसभा सम्पन्न गर्ने र संस्थागत सुशासनमा अझै सुदृढीकरण गर्ने बताए ।

 

The post विजय लघुवित्तमा नयाँ संचालक समिति निर्वाचित, अध्यक्षमा पुनः लोक बहादुर खड्का first appeared on Khabar Breaking.

  • Related Posts

    ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यासबीच युएईबाट नेपालमा सजिलै पैसा पठाउन सकिने सम्झौता

    १४ कार्तिक,काठमाडौँ । ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यास एफजेडई बिच विश्वको विभिन्न देशबाट नेपालमा ग्लोबल रेमिट मार्फत सजिलै पैसा पठाउन सकिने गरी रेमिटेन्स् सम्झौता भएको छ । यस सम्झौता…

    Read more

    इप्पानको रजत जयन्ती: उर्जामा निजी क्षेत्रको लगानी १५ खर्ब रुपैयाँभन्दा बढी

    काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले देशलाई लोडसेडिङमुक्त गरी  विद्युत निर्यातकर्ता मुलुक बनाउनमा इप्पानको महत्त्वपूर्ण योगदान रहेको बताएका छन्  । मंगलबार (१३ कार्तिक )…

    Read more

    Leave a Reply

    You Missed

    ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यासबीच युएईबाट नेपालमा सजिलै पैसा पठाउन सकिने सम्झौता

    • By
    • October 30, 2024
    • 1 views

    इप्पानको रजत जयन्ती: उर्जामा निजी क्षेत्रको लगानी १५ खर्ब रुपैयाँभन्दा बढी

    • By
    • October 30, 2024
    • 1 views

    मंगलबार नेप्से ४६.६९ अंकले बढेर २६९२.०५ विन्दुमा

    • By
    • October 29, 2024
    • 3 views

    माछापुच्छ्रे क्यापिटल लिमिटेडको पाँचौं वार्षिक साधारणसभा सम्पन्न

    • By
    • October 29, 2024
    • 2 views

    यस्ता छन् सहकारीका सवाल सम्बन्धी नीति संवादका निष्कर्ष

    • By
    • October 29, 2024
    • 3 views
    यस्ता छन् सहकारीका सवाल सम्बन्धी नीति संवादका निष्कर्ष

    सिटिजन्स बैंकले वितरण गर्‍यो ४.२१ प्रतिशत लाभांश

    • By
    • October 29, 2024
    • 3 views