२८ साउन, काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले बीमा अभिकर्तासम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले भदौ १८ गतेदेखि २० गतेसम्म काठमाडौंमा तालिम सञ्चालन गर्न लागेको हो ।
बिहान १० बजेदेखि तालिम होटल उडल्याण्ड, दरबारमार्ग काठमाडौंमा सुरु हुने कम्पनीले जनाएको छ । तालिम शुल्क ५ सय रुपियाँ तोकिएको छ ।
तालिममा सहभागी हुन इच्छुक जोकोहीले भदौ ११ गतेभित्र कम्पनीको शाखा कार्यालय तथा बजार व्यवस्थापन विभागमा सम्पर्क गरी निवेदन दिनुपर्नेछ ।
The post राष्ट्रिय जीवन बीमा कम्पनीले बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने first appeared on Khabar Breaking.