मंगलबार नेप्से ४६.६९ अंकले बढेर २६९२.०५ विन्दुमा

१३ कार्तिक , काठमाडौं । साताको तेश्रो दिन आज मंगलबार शेयर कारोबारमा बजार परिसूचक नेप्से ४६.६९अंकले बढेको छ ।तिहार नजिकिदै गर्दा  शेयरबजारमा हरियाली छाएको हो। अघिल्लो दिन ५ अर्ब ३४ करोडको कारोबार भएकोमा आज ६ अर्ब १२ करोड भन्दा बढिको कारोबार भएको छ ।

मंगलबार नेप्से ४६.६९ अंकले बजार बढेर २६९२.०५ विन्दुमा पुगेको हो। नेप्सेले अहिले पनि २७ सयको विन्दुमा प्रतिरोध परीक्षण नै गरिरहेको देखिन्छ।

यसदिन तीन सय १९ स्क्रिप्स कारोबारमा आउँदा दुई सय ५८ वटाको सेयर मूल्य बढेको छ। ३५ वटाको मूल्य घटेर कारोबार भएको छ भने बाँकीको स्थिर छ।

कारोबार रकममा पनि सुधार भएको छ। सोमबार पाँच अर्ब ३४ करोड रूपैयाँको कारोबार भएकोमा मंगलबार छ अर्ब १२ करोड रूपैयाँको सेयर किनबेच भएको छ।

यसदिन कारोबारमा आएका सबै समूहगत परिसूचक बढेका छन्। निर्जीवन बीमा, विकास बैंक र होटेल समूह उच्चले बढेका छन्। यी समूहमा क्रमशः ३.६० प्रतिशत, २.३२ प्रतिशत र २.७७ प्रतिशतले वृद्धि भएको हो।

आज कारोबारमा आएका ३१९ कम्पनी मध्ये १७ कम्पनीको शेयर मूल्य घटेको छ भने बाँकि कम्पनीको शेयरमूल्य बढेको छ । आज सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा समृद्धि फाइनान्स रहेको छ। उक्त कम्पनीको २४ करोड ७१ लाखको कारोबार भएको छ।

The post मंगलबार नेप्से ४६.६९ अंकले बढेर २६९२.०५ विन्दुमा first appeared on Khabar Breaking.

  • Related Posts

    ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सव, सुरक्षित डिजिटल बैंकिङ्ग सेवा विस्तार गर्न अध्यक्ष ढकालको जोड

      १८ पुष,काठमाडौं ।ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ । २०६३ साल पौष १८ गते स्थापना भएको ग्लोबल आइएमई बैंक बिहीबारदेखि १९औँ वर्षमा…

    Read more

    ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सवको अवसरमा फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई विषेश उपहार योजना

      १८ पुष, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा बैंकको फोनपे नेटवर्कमा आवद्ध भएका क्यूआर कोड मर्चेन्टहरुलाई लक्षित गरी क्यासब्याक, स्मार्टफोन र १ लाखको मुद्दती जित्ने…

    Read more

    Leave a Reply

    You Missed

    ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सव, सुरक्षित डिजिटल बैंकिङ्ग सेवा विस्तार गर्न अध्यक्ष ढकालको जोड

    • By
    • January 2, 2025
    • 10 views

    ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सवको अवसरमा फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई विषेश उपहार योजना

    • By
    • January 2, 2025
    • 10 views

    विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडको साधारणसभा-२०८१ को उद्घाटन समारोहमा पर्यटन राज्यमन्त्रीको सम्बोधन

    • By
    • January 2, 2025
    • 9 views
    विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडको साधारणसभा-२०८१ को उद्घाटन समारोहमा पर्यटन राज्यमन्त्रीको सम्बोधन

    कृषिको अनुदान क–कसले पाए खोजी गरी सार्वजनिक गछौं ः अध्यक्ष तिमिल्सीना

    • By
    • January 2, 2025
    • 8 views

    सुनचाँदीको मूल्य बढ्यो

    • By
    • January 2, 2025
    • 4 views

    माओवादी स्थायी कमिटी बैठक बस्दै

    • By
    • January 2, 2025
    • 9 views