८ साउन, काठमाडौं । बागमती प्रदेश सरकारमा सहभागी हुने ६ मन्त्रीको नाम नेकपा एमालेले टुंगो लगाएको छ । काठमाडौंका प्रकाश श्रेष्ठ र अमन मास्के, ललितपुरका प्रेम भक्त महर्जन र किरण थापा मगर तथा चितवनका कृष्ण सिलवाल र सिन्धुलीकी सुकमाया तामाङलाई एमालेले मन्त्री बनाउन लागेको हो ।
बागमतीमा कांग्रेस एमाले गठबन्धनले आज नै मुख्यमन्त्रीका लागि दाबी पेस गर्दैछन् । गठबन्धनका तर्फबाट कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामाले दाबी पेस गर्नेछन् ।
The post बागमती प्रदेश सरकारमा सहभागी हुने ६ मन्त्रीको नाम लगायो एमालेले टुंगो first appeared on Khabar Breaking.