२८ असार ,काठमाडौं । नारायणगढ-मुग्लिन सडकको सिमलतालमा शुक्रबार बिहान लेदोसहितको पहिरोले बगाउँदा दुई यात्रुवाहक बस त्रिशूलीमा खसेका छन् ।
वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बसलाई भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा पहिरोले त्रिशुलीमा खसेको हुन् । दुबै बसका गरि ६० भन्दा बढी यात्रु बेपत्ता रहेका छन् ।
बस र यात्रुहरुको खोजी सुरु भएको छ।सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार बाट गएको गोताखोर सहितको टोलीले उद्धार कार्य सुरु गरेको हो ।
दुर्घटना स्थलमा सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट ४५ जना र विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर सहित २५ जना परिचालन भएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारीका इन्द्रदेव यादवका अनुसार सिमलतालमा बगेका दुई बसमध्ये वीरगन्जबाट काठमाडौं गइरहेको एन्जल बसमा २४ जना र काठमाडौंबाट गौर आइरहेको गणपति डिलक्समा ४१ जना यात्रु रहेका थिए ।
The post नारायणगढ-मुग्लिन सडकमा दुईवटा बस त्रिशुलीमा खसे, यात्रुहरू बेपत्ता first appeared on Khabar Breaking.