९ साउन,काठमाडौँ । आजदेखि सरकारले काठमाडौँ उपत्यकामा पोलियोविरुद्धको विशेष खोप अभियान सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप शाखाले आजदेखि साउन १२ गतेसम्म खोप दिन लागेको हो ।
मन्त्रालयले जन्मिएदेखि पाँच वर्षसम्मका बालबालिकालाई घर–घरमै पुगेर खोप दिइने जनाएको छ । नियमित खोप लगाएका बालबालिकाले पनि यो खोप अनिवार्य लिनुपर्ने बताइएको छ ।
The post काठमाडौँ उपत्यकामा आजदेखि पोलियोविरुद्ध विशेष खोप अभियान first appeared on Khabar Breaking.