कांग्रेस कार्यकर्ताको आपराधिक धम्कीपछि रास्वपाले गरायो आयोगको ध्यानाकर्षण

 

२ मंसिर , काठमाडौं । नेपाली काङ्ग्रेसका कार्यकर्ताले  राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा उपाध्यक्ष पदमा उम्मेदवारका लागि तयार रहेकी  सुजता थापालाई उम्मेदवारी नदिन आपराधिक धम्की दिएकामा राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ।

हुम्ला जिल्लाको सर्केगाड गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा उपाध्यक्ष पदमा उम्मेदवारका लागि तयार रहेकी श्री सुजता थापालाई  उम्मेदवारी मनोनयनका लागि आवश्यक तयारी भइरहेको बेला हिजो मंसिर १ गते दिउँसो करिब १ बजे निज सुजाता थापा र उनको श्रीमान बल थापालाई करीब ४०-४५ जना युवाहरुको समूहले घरबाट लछारपछार गर्दै अपहरण शैलीमा अज्ञात स्थलतर्फ लिएर गएको र त्यस लगत्तै गाउँमा खैलाबैला भएको रास्वपाले जनाएको छ।

यो कुरा थाहा भएपछि  हुम्लाका प्रमुख जिल्ला अधिकारी श्री नारायण पाण्डेयलाई जानकारी गराइएको थियो । प्रजिअलाई यसअघि  पनि अन्य व्यक्तिले यस घटनाको सूचना दिएकोले आवश्यक खोजतलास उद्धारको लागि प्रहरी परिचालन गरिसकेको बताएका छन् ।

रास्वपाका उम्मेवार र उनको परिवारलाई त्यसरी अपहरण शैलीका अज्ञात स्थलमा लछारपछार गरी लगी रास्वपाबाट उम्मेदवारी नदिन धम्क्याउँदै मानसिक दबाब दिने र उम्मेदवारी दिएमा जेपनि हुनसक्नेसम्मको यातना दिइएको पाइएको र त्यस पक्षात् निज सुजाता थापा र उहाँ परिवार मानसिक तनावमा देखिएको र हाल असुरक्षाका कारण उम्मेदवारी दिन नसक्ने  मनस्थितिमा पुगेको रास्वपाले बताएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले विज्ञप्ति जारी गर्दै  उक्त निन्दनीय कार्यमा स्थानीय नेपाली काँग्रेसका सदस्यहरु संलग्न रहेको सूचना प्राप्त भएको  जनाएको छ। त्यसैगरी हुम्ला सर्केगाडमा उम्मेदवार तय गर्न र प्रचारप्रसारमा खटिएका राष्ट्रिय स्वतन्त्र पार्टीका केही सदस्यहरुलाई समेत दुर्व्यवहारकास साथै लछारपछार र कुटपिट समेत भएको विवरण प्राप्त भएको र मधेश प्रदेशमा पनि रास्वपाका सम्भावित उम्मेदवारहरुलाई धम्कीदिने र प्रलोभनमा पार्ने सम्मका प्रयत्नहरु भएकोमा रास्वपाले आपत्ति जनाएको छ।

“यसरी उम्मेदवार दिन तयार व्यक्ति र निजको परिवारलाई धाकधम्की दिने, मानसिक यातना दिने, प्रलोभन देखाउने र रास्वपालाई उम्मेदवारी नै दिन नदिने यसप्रकारका चरम अलोकतान्त्रिक व्यवहारको हामी घोर निन्दा गर्दछौं। यस घटनामा स्थानीय प्रशासन र सुरक्षा निकायका तर्फबाट सम्भव हुने आवश्यक अनुसन्धान र सहयोग समेत समयमै प्राप्त हुन सकेन।लोकतन्त्रको महत्वपूर्ण पक्ष स्थानीय तह उपनिर्वाचनमा पहिलोपटक सहभागी हुन लागेको संसदको चौथो ठूलो राजनीतिक दलप्रति भएको निकृष्ठ अलोकतान्त्रिक क्रियाकलापप्रति सम्मानीत निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराउँदछौं । यस घटनाले हामीलाई साहे दुःखी बनाएको त छ नै। साथै निर्वाचन प्रक्रियाप्रति नै आम जनमानसमा अविश्वास र त्रास  समेत सिर्जना गरेको छ। उल्लिखित घटनाक्रमलाई ध्यान दिई आसन्न उपनिर्वाचनलाई स्वच्छ, स्वस्थ र धाँधलीमुक्त बातावरणमा सम्पन्न गर्न अबिम्ब आवश्यक कदम चाल्नुका साथै घटनामा संलम दोषीहरुलाई कानुन बमोजिम कारवाही गर्नका लागि सम्मानीत निर्वाचन आयोग समक्ष हार्दिक अनुरोध गर्दछौं।” रास्वपाको विज्ञप्तिमा भनिएको छ।

Messenger creation 93EB6DB9 F017 4CF5 9311 1E53CFE72781 AMERICA KHABAR November 17, 2024

The post कांग्रेस कार्यकर्ताको आपराधिक धम्कीपछि रास्वपाले गरायो आयोगको ध्यानाकर्षण first appeared on Khabar Breaking.

  • Related Posts

    ४९ अर्ब बढीको आइपिओ निष्कासन गर्न ८० कम्पनीहरु पाइपलाइनमा

    ११ पुष , काठमाडौं । पुँजीबजारमा प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)का लागि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका कम्पनीको सङ्ख्या ८० पुगेको छ ।  धितोपत्रको आइपिओ जारी गरी सूचीकरण भइसकेका छ वटा…

    Read more

    रोयल बहुउद्देश्यीय सहकारी संस्थाको २७औं साधारणसभा सम्पन्न; कृषि श्रोत केन्द्रदेखि लघुवित्तसम्म विश्वसनीय सेवाको प्रतिबद्धता

    काठमाडौं । बसुन्धरामा प्रधान कार्यालय रहेको रोयल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो २७औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष भानुभक्त ढकालको सभापतित्व एवं मुक्तिनाथ विकास बैंकका अध्यक्ष  तथा मुक्तिनाथ…

    Read more

    Leave a Reply

    You Missed

    ४९ अर्ब बढीको आइपिओ निष्कासन गर्न ८० कम्पनीहरु पाइपलाइनमा

    • By
    • December 26, 2024
    • 9 views

    रोयल बहुउद्देश्यीय सहकारी संस्थाको २७औं साधारणसभा सम्पन्न; कृषि श्रोत केन्द्रदेखि लघुवित्तसम्म विश्वसनीय सेवाको प्रतिबद्धता

    • By
    • December 26, 2024
    • 9 views

    गरिमा म्युचुअल फण्डको “गरिमा समृद्घि योजना” मा आवेदन दिने आज अन्तिम दिन

    • By
    • December 26, 2024
    • 9 views

    म्याग्दी बचत तथा ऋण सहकारीको १७औं साधारणसभा सम्पन्न; ४.७५% भन्दा बढी लाभांश प्रदान

    • By
    • December 26, 2024
    • 9 views

    ‘फेसियल हाउस’ ब्युटी सैलुनले मनायो सत्रौं वार्षिकोत्सब

    • By
    • December 25, 2024
    • 11 views

    फेसियल हाउस’को १७औँ वार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • By
    • December 25, 2024
    • 10 views