२४ साउन ,काठमाडौं । इन्फिनिटी ड्रिम्स प्रालिले ‘एभरेष्ट महिला फ्रेन्चाइज भलिबल’ लिगको पहिलो सिजनका लागि ६ सहभागी टोलीको घोषणा गरेको छ ।आयोजक इन्फिनिटी ड्रिम्सले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमम यो पहिलो संस्करणमा प्रतिस्पर्धी ६ टोली र प्रवर्द्धकहरूको घोषणा गरिएको हो ।
लिगको पहिलो सिजनमा टिम काठमाडौं, टिम ललितपुर, टिम मधेस, टिम गण्डकी, टिम चितवन र टिम कर्णालीले खेल्नेछन् । हरेक टोलीले १४ खेलाडीमा नौ नेपाली र तीन विदेशी राख्न पाउने इन्फिनिटी ड्रिम्सले जनाएको छ ।
त्यस्तै , नेपाली खेलाडीको ड्राफ्ट सूची र प्रतियोगीताको मिति केही दिनमा सार्वजनिक गरिने आयोजकले जनाएको छ । यसअघि एभरेष्ट महिला फ्रेन्चाइज भलिबल लिग आयोजना गर्न नेपाल भलिबल संघ र इन्फिनिटी ड्रिम्स प्रालिबीच सम्झौता भएको थियो ।
टिम काठमाडौं शरदकृष्ण टिबरेवाला, ललितपुर अनुजएम तिमिल्सिना, अनोज रिमल र विरोचन खनाल प्रवर्धकमा छन् । यस्तै, मधेस रोहित अग्रवाल र विशाल अग्रवालको स्वामित्वमा छ । गण्डकी सौरभ केडिया, चितवन निम्बस होल्डिंग्स तथा कर्णाल राजेश बगडिया र प्रतिक अधिकारीको स्वामित्वमा रहेनछ ।
The post एभरेष्ट महिला फ्रेन्चाइज भलिबलको पहिलो संस्करणमा ६ टोलिको सहभागिता रहने first appeared on Khabar Breaking.