एनसेल फाउन्डेसनको आरम्भ: २० करोड रुपैयाँ सामाजिक पहलहरुमा योगदान गर्ने प्रतिबद्धता

२ असोज, काठमाडौं ।  एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) का परियोजनाहरु सञ्चालन गर्न एनसेल फाउन्डेसनको घोषणा गरेको छ । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले मंगलबार (१ असोज)उक्त घोषणा गर्दै नेपाल र नेपालीलाई दूरसञ्चार सेवामार्फत जोड्न थालेको आफ्नो यात्राको १९औं वार्षिकोत्सव मनाएको हो ।

कम्पनीले उक्त अवधिसम्ममा १ करोड ३० लाखभन्दा बढीको जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभ प्रदान पार्दै स्वास्थ्य, शिक्षा, वातावरणलगायत विभिन्न क्षेत्रमा सामाजिक कार्यहरु गरि २ अर्ब (१ करोड ५० लाख अमेरिकी डलर) रुपैयाँभन्दा बढिको योगदान गरेको दाबी गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले सबै राम्रा कार्यलाई एउटै उद्धेष्य र छातामुनि ल्याउनु महत्वपूर्ण छ भन्ने कुरामा विश्वास गरेर एनसेल फाउन्डेसनको स्थापना गरेको बताए ।

कार्यक्रममा कम्पनीले थप समावेशी, कनेक्टेड र दिगो नेपाल विकासमा सघाउनु र दिगो विकासका लक्ष्यहरु प्राप्तिका लागि योगदान पुर्याउनु फाउन्डेसनको उद्धेष्य रहेको पनि बताएको छ । फाउन्डेसनको उद्धेष्यहरुमा सामाजिक कार्यको धेरै आवश्यक भएकालाई सहयोग गर्ने, डिजिटल डिभाइडलाई कम गर्ने र थप स्वस्थ, र समृद्ध नेपाललाई बढावा दिने रहेको छ ।

सो अवसरमा कम्पनीले आगामी पाँच वर्षमा कम्पनीले कम्तिमा २० करोड रुपैयाँ सामाजिक पहलहरुमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

एनसेल फाउन्डेसनको आरम्भसँगै १९औं वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीले ‘नाइन्टिन फर नाइन्टिन’ परियोजनाको पनि घोषणा गरेको छ । यस पहल अन्तर्गत सातै प्रदेशबाट छानिएका कुल १९ वटा सामाजिक कार्यहरु कार्यान्वयन गरिने छ ।

प्रत्येक एक आयोजनाले १० लाख सीड फन्डको रुपमा सहयोग प्राप्त गर्नेछन् । गत वर्ष ‘एटीन फर एटीन’ अन्तर्गत खुला गरिएका परियोजनाहरु प्रदेश स्तरमा कार्यान्वयनमा छन् ।

सन् २००५ मा यो दिन अर्थात सेप्टेम्बर १७ बाट एनसेल (साबिक मेरो मोबाइल) ले आफ्नो सेवा सञ्चालनमा ल्याउँदै यात्रा शुरु गरेको थियो । त्यसबेलादेखि नै कम्पनीले आफ्ना सेवाहरू प्रदान गर्दै नेपालको दूरसञ्चार क्षेत्रमा आमुल परिवर्तन ल्याएको बताएको छ ।  सेवामा पहुँच सुनिश्चित गराउँदै ग्राहक सेवामा व्यापक परिवर्तन ल्याउनमा ठूलो योगदान दिएको पनि कम्पनीको भनाइ छ ।

सीईओ जाब्बोरले भने, ‘यो यात्रा हाम्रो ग्राहक, साझेदारहरु, सरकारी निकाय तथा नियामक निकायको बलियो साथ र भरोस बिना सम्भव थिएन । यसै साथ र भरोसालाई आगामी दिनको लागि आत्मसाथ गर्दै नेपाललाई डिजिटल भविष्यतर्फ डोयाउन हामी तत्पर छौं ।’

नेपालको एक ठूलो करदाताको रुपमा कम्पनीले आफ्नो स्थापना कालदेखि हालसम्म ३२० अर्ब रुपैयाँभन्दा बढी कर तथा शुल्कहरु बुझाइसकेको र अर्थतन्त्रमा उल्लेखनीय योगदान पुरयाएको पनि बताएको छ ।

वार्षिकोत्सवको अवसरमा एनसेल फाउन्डेसनले विभिन्न कार्यक्रमहरु जस्तै वृक्षरोपण, शैक्षिक सामग्रि वितरण, स्वास्थ्य शिविर, पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ्ग, रक्तदान कार्यक्रम, स्किल क्याम्प लगायतका विभिन्न कार्यक्रमहरु आयोजना गर्ने बताएको छ ।

The post एनसेल फाउन्डेसनको आरम्भ: २० करोड रुपैयाँ सामाजिक पहलहरुमा योगदान गर्ने प्रतिबद्धता first appeared on Khabar Breaking.

  • Related Posts

    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    ६ पुष ,काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको छ । आज शनिबार भएको फाइनल खेलमा ओपनर  लाहिरु मिलन्थाको उत्कृष्ट ब्याटिङ सङ्गै जनकपुरले सुदूरपश्चिम…

    Read more

    इप्पानको रजत जयन्ती ‘लिडिङ दि ईनर्जी प्रस्पोरेटी’ सम्मेलनसहित भव्य रूपमा मनाइने

    काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले  आफ्नो स्थापनाको २५औं  वार्षिकोत्सव आगामी माघ ४ गते विशेष कार्यक्रमसहित मनाउने जानकारी दिएको छ। इप्पानले ‘लिडिङ द इनर्जी प्रस्पोरेटी’ भन्ने नारासहित ‘इप्पान…

    Read more

    Leave a Reply

    You Missed

    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    • By
    • December 21, 2024
    • 8 views
    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    इप्पानको रजत जयन्ती ‘लिडिङ दि ईनर्जी प्रस्पोरेटी’ सम्मेलनसहित भव्य रूपमा मनाइने

    • By
    • December 20, 2024
    • 15 views

    एक्टिभ सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभको २०औं साधारणसभा सम्पन्न

    • By
    • December 20, 2024
    • 15 views

    Profile and Interviews: Why me???

    महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबीच समझदारी

    • By
    • December 19, 2024
    • 13 views

    राष्ट्र बैंकको नीतिगत व्यवस्थामा समयानुकूल समीक्षा हुन्छ: गभर्नर

    • By
    • December 19, 2024
    • 14 views