८ असोज, काठमाडौं । एनएमबी बैंकले बुद्ध भिसा डेबिट कार्ड होल्डरहरूका लागि चाडपर्वमा बुद्ध एयरको वेबसाइटबाट फ्लाइट टिकट काट्दा १० प्रतिशत क्यासब्याक (अधिकतम ५०० रुपैयाँसम्म) दिने घोषणा गरेको छ ।
चाडपर्वको समयमा बैंकले ग्राहकहरूको यात्रामा सजिलो होस् भन्ने सहकार्यको लागि यो अफर घोषणा गरेको बैंकले जनाएको छ । यो अफर छठसम्मको लागि लागू हुनेछ, जसले ग्राहकहरूलाई बचतको लाभ लिन पनि प्रोत्साहित गर्दछ । थप जानकारीका लागि बैंकको कल सेन्टर ०१५९७०१७० वा नजिकैको शाखामा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।
एनएमबी बैंकले हाल देशभरी २०१ शाखा, १८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
The post एनएमबी बैंकको बुद्ध भिसा कार्डबाट फ्लाइट टिकेट किन्दा विशेष छुट first appeared on Khabar Breaking.