KhabarBreaking.com: संचारकर्मी ओझा सम्मानित

१ जेठ, काठमाडौं । साहित्य, पत्रकारिता र शान्ती प्रबर्धनमा सकृय रहि सभ्य समाज निर्माणमा रचनात्मक योगदान पुर्याउदै आएका बहुआयामिक व्यक्तित्व सरोज ओझा सम्मानित भएका छन । शनिबार फोकस नेपालले नयाँ बर्ष २०८१ को शुभ अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नागरिक जनजीवनका लब्ध प्रतिष्ठित र विशिष्ट महानुभावहरूको उपस्थितिमा उनलाई सम्मान गरिएको हो ।

“समुन्नत नेपाल निर्माणमा सामाजिक संघ संस्थाहरुको भूमिका” विषयक विचार गोष्ठी तथा सांस्कृतिक कार्यक्रमसहित आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले भव्य समारोहका बीच ओझालाई सम्मान गरेका हुन । फोकस नेपालले ओझालाई कर्मठ साहित्यकार, निष्ठावान पत्रकार एवम् सामाजिक चैतन्यका रुपमा उक्त सम्मान समर्पण गरेको छ ।

सम्मानित सरोज ओझाको संक्षिप्त परिचय

तनहुँको व्यास ५ मा जन्मिएका सरोज ओझा विगत एक दशकदेखी अघिदेखी साहित्यकर्ममा सकृय छन । नेपाली र अंग्रेजी दुवै भाषामा कविता तथा कथाहरु कोर्दै आएका ओझाका सिर्जनाहरु नेपाली साथै अन्तरराष्ट्रिय स्तरका संचार माध्यमहरुमा प्रकाशित हुँदै आएका छन् । त्यसो त उनलाई बंगलादेशबाट प्रकाशित अन्तरराष्ट्रिय अंग्रेजी दैनिक पत्रिका द डेली ग्लोबल नेशनका अन्तरराष्ट्रिय शान्ती दूत छन । ओझा संयुक्त राष्ट्र संघ सम्बद्ध अन्तरराष्ट्रिय मानव अधिकार संस्था युनाईटेड नेचर इन्टरनेशनल पिस ९युएनआईपि० नेपाल च्याप्टरको देशिय कार्यसमितिमा प्रेस तथा प्रकाशन समिति संयोजक पनि हुन । विभिन्न संस्थामा प्रेस विज्ञ तथा सल्लाहकार भई कार्य गर्दै आएका ओझासँग चलचित्र तथा अन्य प्रतियोगितात्मक शोहरुमा निर्णायकको भूमिकामा रहेर कार्य सम्पादन गरेको अनुभव छ।

विगत २ दशकदेखी अनवरत संचार कर्ममा सकृय ओझा नेपाल टेलिभिजन समाचार च्यानलमा बुधवार राती ९ः१५ मा प्रसारण हुँदै आएको कार्यक्रम सचेतनाका प्रस्तोता एवम् निर्देशक हुन । उनले बाल कार्यक्रमदेखी व्यापार, शान्ती, प्रवास देखी रियालिटी शोसम्म गरि कुल आठ विविधतायुक्त कार्यक्रम निर्माण तथा निर्देशन गरेका छन । ओझा नेपाल पत्रकार महासंघको एशोसियट संस्था एभरेष्ट प्रेस क्लबका महासचिव हुन । उनले ललितपुर महानगरपालिका, निर्यात व्यवसायी महासंघ र विभिन्न अनलाईन एवम् पत्रिका र विभिन्न पुस्तकहरुको सम्पादक भई कार्य समेत गरेका छन । निरन्तर १५ बर्ष नेपाल टेलिभिजनका लागि कार्यक्रम उत्पादनमा सकृय रहे बापत नेपाल टेलिभिजनको ३७ औं वार्षिकोत्सवको अवसरमा नेपाल टेलिभिजनबाट सम्मानित भएका ओझाले यस माझमा भारतको मुम्बईमा दादा साहेब फाल्के टेलिभिजन अवार्ड २०२३, लखनउमा उत्तर प्रदेश आर्टिस्ट एकेडेमीको ‘युपिपिए अवार्ड २०२३ तथा विश्व मानवाधिकार परिषदबाट ‘मानव अधिकार सम्मान २०२३’ र नयाँ दिल्लीमा ‘महात्मा गान्धी एक्सिलेन्स अवार्ड २०२३’ मा गेष्ट अफ अनर सम्मान, इजिप्टको एलेक्जेंड्रियामा एमएसएन एक्सिलेन्स अवार्ड २०१९’, थाईल्याण्डमा मुख्यालय रहेको युनाईटेड नेसन्स पिस किपर्स फेडरल काउन्सिलबाट ‘युएनपिकेएफसी हुमानेटेरियन अवार्ड २०२२ बाट सम्मानित भएका छन । त्यस्तै उनले ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपालबाट टान टुरिजम अवार्ड, निर्यात व्यवसायी महासंघबाट फिन अवार्ड, ललितपुर चेम्बर अफ कमर्सबाट आर्थिक पत्रकारिता सम्मान आदी प्राप्त गरिसकेका छन ।

फोकस नेपालको अध्यक्ष रामचन्द्र पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजमा विशिष्ठ योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

The post संचारकर्मी ओझा सम्मानित first appeared on Khabar Breaking.

 

१ जेठ, काठमाडौं । साहित्य, पत्रकारिता र शान्ती प्रबर्धनमा सकृय रहि सभ्य समाज निर्माणमा रचनात्मक योगदान पुर्याउदै आएका बहुआयामिक व्यक्तित्व सरोज ओझा सम्मानित भएका छन । शनिबार फोकस नेपालले नयाँ बर्ष २०८१ को शुभ अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नागरिक जनजीवनका लब्ध प्रतिष्ठित र विशिष्ट महानुभावहरूको उपस्थितिमा उनलाई सम्मान गरिएको हो ।
“समुन्नत नेपाल निर्माणमा सामाजिक संघ संस्थाहरुको भूमिका” विषयक विचार गोष्ठी तथा सांस्कृतिक कार्यक्रमसहित आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले भव्य समारोहका बीच ओझालाई सम्मान गरेका हुन । फोकस …
The post संचारकर्मी ओझा सम्मानित first appeared on Khabar Breaking. 

 

देश, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

  • Related Posts

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    ६ पुष ,काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८१/०८२ को पहिलो ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारततर्फ निकासी भएको जनाएको छ । चालू आवको साउन,…

    Read more

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    काठमाडौं । छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो १०औं र ११औं वार्षिक साधारणसभा एकैसाथ पुष ५ गते सम्पन्न गरेको छ। काठमाडौंमा सम्पन्न साधारणसभाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदनहरु सर्वसम्मत रुपमा…

    Read more

    You Missed

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    • By
    • December 22, 2024
    • 10 views

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    • By
    • December 22, 2024
    • 12 views

    आज सुनचाँदीको मूल्य बढ्यो

    • By
    • December 22, 2024
    • 11 views

    एमालेले बोलायो सचिवालय बैठक

    • By
    • December 22, 2024
    • 9 views

    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    • By
    • December 21, 2024
    • 12 views
    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    इप्पानको रजत जयन्ती ‘लिडिङ दि ईनर्जी प्रस्पोरेटी’ सम्मेलनसहित भव्य रूपमा मनाइने

    • By
    • December 20, 2024
    • 16 views