KhabarBreaking.com: राष्ट्रिय संगीतकर्मी संघको महाधिवेशन २८ र २९ गते काठमाडौंमा हुने

२३ बैशाख , काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघको १८ औं वार्षिक साधारणसभा तथा छैटौं केन्द्रिय महाधिवेशन बैशाख २८ र २९ गते काठमाडौंमा हुने भएको छ । संघले काठमाडौंमा शनिबार पत्रकार सम्मेलन गर्दै सो बारे जानकारी गराएको हो ।

संघका महासचिब अमृत खातीले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको पत्रकार भेटघाटका क्रममा बताए । संघको महाधिवेशनको उद्घाटन बैशाख २८ गते काठमाडौंको प्रदर्शनमार्ग स्थित राष्ट्रिय सभागृहमा हुने भएको छ ।
संस्कृति प्रर्यटन तथा नागरिक उड्यान मन्त्री हितबहादुर तामाङले प्रमुख अतिथिको रुपमा महाधिवेशन उद्घाटन गर्ने पत्रकार भेटघाटका क्रममा महासचिब खातीले जानकारी गराए । संघको निर्वाचन भने २९ बैशाखमा काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने पनि खातीले बताए ।
संघका कार्यबाहक अध्यक्ष प्रकाश कटवालका अनुसार देशका ७५ वटै जिल्लामा राष्ट्रिय संगीतकर्मी संघ स्थापना भईरहेको छ । मुलुकका सात प्रदेश र काठमाडौं उपत्यका थप एक प्रदेश गरी संघको ८ प्रदेश रहेको र जसमा २० हजार भन्दा बढी कलाकारहरु सदस्य भएको पनि कार्यवाहक अध्यक्ष कटवालले जानकारी गराए,‘संघका मतदान अधिकार भएका करिब १३ सयजना आजिवन सदस्य हुनुहुन्छ भने ७५ वटै जिल्लाका करिब साँढे पाँचसय प्रतिनिधिहरुले अधिवेशनमा लाग लिनुहुन्छ ।’ यसरी यो अधिवेशनमा करिब दुई हजार कलाकारहरु भेला हुने पनि कार्यवाहक अध्यक्ष कटवालले बताए । यो १८ औं साधारण सभाले संघको विधानमा केही कुरा परिमार्जन गर्ने पनि उनले जानकारी गराए ।
छैठौं महाधिवशेनले संघको नयाँ कार्यसमिति चयन गर्ने छ । जसका लागि सर्वसम्मत रुपमा नयाँ कार्यसमिति ल्याउने आफुहरुको चाहना रहेको तर लोकतान्त्रिक प्रकृया अन्तर्गत कसैले पदाधिकारीमा उम्मेदवार दिन्छ भने त्यसलाई रोक्ने पक्षमा आफुहरु नभएको पनि संघका तर्फबाट पत्रकार भेटघाटका क्रममा जानकारी गराईयो ।
संघको ३९ जनाको केन्द्रिय कार्यसमितिको लागि प्रत्यक्ष निर्वाचन हुनेछ । बाँकी विभिन्न पदाधिकारीहरु संघको कार्यसमिति बैठकले मनोनयन गर्ने पनि कार्यवाहक अध्यक्ष कटवालले कार्यक्रममा जानकारी गराए ।
संघका पूर्व अध्यक्ष एवम् अग्रज गायक रेशम थापाले आफुहरुले १८ वर्षअघि कलाकारको हक हितका लागि स्थापना गरेको राष्ट्रिय संगीतकर्मी संघ आज बृहत भएको निकै खुसी लागेको छ भने ।यस्तै संघका सल्लाहकार तथा जनसवाल रास्ट्रीय दैनिकका सम्पादक रामजी बगालेले महाधिवेशनको सफलताको शुभकामना दिँदै सर्वसम्मतबाट नयाँ कार्यसमिति चयन हुनेमा आफु विश्वस्त रहेको बताए ।

The post राष्ट्रिय संगीतकर्मी संघको महाधिवेशन २८ र २९ गते काठमाडौंमा हुने first appeared on Khabar Breaking.

 

२३ बैशाख , काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघको १८ औं वार्षिक साधारणसभा तथा छैटौं केन्द्रिय महाधिवेशन बैशाख २८ र २९ गते काठमाडौंमा हुने भएको छ । संघले काठमाडौंमा शनिबार पत्रकार सम्मेलन गर्दै सो बारे जानकारी गराएको हो ।
संघका महासचिब अमृत खातीले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको पत्रकार भेटघाटका क्रममा बताए । संघको महाधिवेशनको उद्घाटन बैशाख २८ गते काठमाडौंको प्रदर्शनमार्ग स्थित राष्ट्रिय सभागृहमा हुने भएको छ ।
संस्कृति प्रर्यटन तथा नागरिक उड्यान मन्त्री हितबहादुर तामाङले प्रमुख अतिथिको रुपमा महाधिवेशन उद्घाटन गर्ने पत्रकार भेटघाटका क्रममा …
The post राष्ट्रिय संगीतकर्मी संघको महाधिवेशन २८ र २९ गते काठमाडौंमा हुने first appeared on Khabar Breaking. 

 

देश, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

  • Related Posts

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    ६ पुष ,काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८१/०८२ को पहिलो ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारततर्फ निकासी भएको जनाएको छ । चालू आवको साउन,…

    Read more

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    काठमाडौं । छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो १०औं र ११औं वार्षिक साधारणसभा एकैसाथ पुष ५ गते सम्पन्न गरेको छ। काठमाडौंमा सम्पन्न साधारणसभाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदनहरु सर्वसम्मत रुपमा…

    Read more

    You Missed

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    • By
    • December 22, 2024
    • 6 views

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    • By
    • December 22, 2024
    • 6 views

    आज सुनचाँदीको मूल्य बढ्यो

    • By
    • December 22, 2024
    • 6 views

    एमालेले बोलायो सचिवालय बैठक

    • By
    • December 22, 2024
    • 6 views

    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    • By
    • December 21, 2024
    • 11 views
    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    इप्पानको रजत जयन्ती ‘लिडिङ दि ईनर्जी प्रस्पोरेटी’ सम्मेलनसहित भव्य रूपमा मनाइने

    • By
    • December 20, 2024
    • 15 views