१३ वैशाख, काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले कार्यकारिणी समितिको बैठक बोलाएको छ । जसपाका कार्यकारिणी सदस्य एवं प्रवक्ता मनिष सुमन अनुसार बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने कार्यकारिणी समितिको बैठकमा महाधिवेशनको तयारीको समीक्षा र एजेन्डा तय हुने छ ।
जसपाको महाधिवेशन जेठ २७ गतेदेखि २९ गतेसम्म जनकपुरमा हुने तय भएको छ । महाधिवेशनका लागि विभिन्न दस्ताबेज लेख्ने काम सकिएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा राजनीतिक प्रतिवेदन र पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको नेतृत्वमा पार्टीको नीति तथा कार्यक्रमको मस्यौदा लेखन काम सम्पन्न भएको छ ।
ती प्रतिवेदनको बारेमा पनि बैठकमा छलफल हुने बताइएको छ । साथै, पार्टीको सङ्गठित सदस्य तथा महाधिवेशन प्रतिनिधिको बारेमा पनि छलफल हुने बताइएको छ । सङ्गठित सदस्यको नाम प्रदेशबाट केन्द्रीय कार्यालयमा आइसकेका छन् । सो नामलाई अन्तिम रूप दिने काम सङ्गठन विभागले गरिरहेको छ । चाँडै नै सङ्गठित सदस्यको नाम टुगों लगाएर महाधिवेशन प्रतिनिधि चयनतिर लाग्ने प्रवक्ता सुमनले बताए ।
The post जसपाको बैठक बस्दै first appeared on Khabar Breaking.
१३ वैशाख, काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले कार्यकारिणी समितिको बैठक बोलाएको छ । जसपाका कार्यकारिणी सदस्य एवं प्रवक्ता मनिष सुमन अनुसार बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने कार्यकारिणी समितिको बैठकमा महाधिवेशनको तयारीको समीक्षा र एजेन्डा तय हुने छ ।
जसपाको महाधिवेशन जेठ २७ गतेदेखि २९ गतेसम्म जनकपुरमा हुने तय भएको छ । महाधिवेशनका लागि विभिन्न दस्ताबेज लेख्ने काम सकिएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा राजनीतिक प्रतिवेदन र पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको नेतृत्वमा पार्टीको नीति तथा कार्यक्रमको मस्यौदा लेखन काम सम्पन्न भएको छ …
The post जसपाको बैठक बस्दै first appeared on Khabar Breaking.
देश, समाचार
Khabar Breaking