KhabarBreaking.com: चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्वाचित

२८ चैत ,काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्वाचित भएका छन् । मंगलबार (२७ चैत) सम्पन्न  चेम्बरको ७३औँ वार्षिक साधारणसभाबाट अग्रवाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । साधारणसभाको समुद्घाटन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गरेका थिए ।

अग्रवाल  यसअघि चेम्बरको वरिष्ठ उपाध्यक्ष थिए । दुई दशकदेखि चेम्बरमा आबद्ध अग्रवालको उद्योग वाणिज्य क्षेत्रमा ४० वर्ष लामो व्यावसायिक अनुभव रहेको छ । उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् ।

निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नवनिर्वाचित अध्यक्ष अग्रवाललाई कार्यभार हस्तान्तरण एवं शुभकामना व्यक्त गरे । चेम्बरको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दीपककुमार मल्होत्रा निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै वाणिज्यतर्फको उपाध्यक्षमा उर्मिला श्रेष्ठ,  उद्योगतर्फ दीपक श्रेष्ठ, बस्तुगत सङ्घतर्फ सुरेन्द्र कुमार श्रेष्ठ, द्विराष्ट्रियमा नीलकण्ठ चौलागाई र जिल्लातर्फको उपाध्यक्षमा सन्तोष कुमार पाण्डे निर्विरोध निर्वाचित भएका छन् । ७३औँ वार्षिक साधारणसभाले अर्जुन प्रसाद शर्मालाई मानार्थ उपाध्यक्ष चयन गरेको छ।

७३औं वार्षिक साधारणसभाले अर्जुनप्रसाद शर्मालाई मानार्थ उपाध्यक्ष चयन गरेको छ । ७६ सदस्यीय चेम्बरको कार्यसमितिमा मनोनित बाहेक ५५ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

 

The post चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्वाचित first appeared on Khabar Breaking.

 

२८ चैत ,काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्वाचित भएका छन् । मंगलबार (२७ चैत) सम्पन्न  चेम्बरको ७३औँ वार्षिक साधारणसभाबाट अग्रवाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । साधारणसभाको समुद्घाटन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गरेका थिए ।
अग्रवाल  यसअघि चेम्बरको वरिष्ठ उपाध्यक्ष थिए । दुई दशकदेखि चेम्बरमा आबद्ध अग्रवालको उद्योग वाणिज्य क्षेत्रमा ४० वर्ष लामो व्यावसायिक अनुभव रहेको छ । उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् ।
निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नवनिर्वाचित अध्यक्ष अग्रवाललाई कार्यभार हस्तान्तरण एवं शुभकामना व्यक्त गरे । चेम्बरको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दीपककुमार …
The post चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्वाचित first appeared on Khabar Breaking. 

 

अर्थ, देश, मुख्य समाचार, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

  • Related Posts

    समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा जारी

    ७ कार्तिक , काठमाडौं । समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा  सुरु भएको छ । नेपाल बीमा प्राधिकरण, नेपाल बीमक सङ्घ, जीवन बीमक सङ्घ र नेपाल माइक्रो इन्स्योरेन्स एसोसिएसनद्वारा म्युनिख री…

    Read more

    नयाँपाटी साकोसले दियो ६% लाभांश; वासलातमा ७.१९% को वृद्धि

    काठमाडौं । नयाँपाटी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २६औं वार्षिक साधारणसभा सम्पन्न गर्दै शेयर सदस्यहरुलाई आर्थिक वर्ष २०८१/८२ को संचित मुनाफाबाट ६ प्रतिशत नगद लाभांश प्रदान गरेको छ।…

    Read more

    You Missed

    समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा जारी

    • By
    • October 23, 2024
    • 8 views

    नयाँपाटी साकोसले दियो ६% लाभांश; वासलातमा ७.१९% को वृद्धि

    • By
    • October 23, 2024
    • 8 views
    नयाँपाटी साकोसले दियो ६% लाभांश; वासलातमा ७.१९% को वृद्धि

    एक सय आठ जना कर्मचारी माग (सूचनासहित)

    • By
    • October 23, 2024
    • 8 views
    एक सय आठ जना कर्मचारी माग  (सूचनासहित)

    खानेपानीमन्त्री यादवका सय दिन, यस्ता छन उपलव्धि

    • By
    • October 22, 2024
    • 8 views

    बाजेको सेकुवा कारबाहीमा

    • By
    • October 22, 2024
    • 8 views

    सरकारले पुर्वाग्रह राखेर विपक्षी नेतालाई पक्राउ गर्यो: दाहाल

    • By
    • October 22, 2024
    • 8 views