१२ बैशाख , काठमाडौं । जलविद्युत आयोजनाको जानकारी र प्रवर्द्धनको लागि बुधवारबाट काठमाडौंमा तीन दिने “हिमालयन हाइड्रो एक्स्पो” सुरु भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को आयोजनामा भइरहेको हिमालयन हाइड्रो एक्स्पो प्रदर्शनीको उद्घाटन उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले गरेका छन् ।
प्रदर्शनीको उद्घाटन गर्दै उर्जामन्त्री बस्नेतले सरकारले यही बैशाखमा आयोजना गर्ने लगानी सम्मेलनलाई एक्स्पोले सार्थक बनाउने विश्वास व्यक्त गरे । उनले नेपालको जलश्रोतको महत्वलाई बुझेर आगामी दिनमा सरकार, निजी क्षेत्रको हातेमालोबाट विद्युत उत्पादनको क्षेत्रमा विकास र बिस्तारका लागि काम गर्ने प्रतिवद्धता जनाए ।
समुद्घाटन कार्यक्रममा स्वतन्त्र उर्जा उत्पादकहको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले लगानी सम्मेलनलाई सफल बनाउने उद्देश्यले हिमालयन हाइड्रो एक्स्पो आयोजना गरिएको बताए । उनले नेपालमै धेरै विद्युत खपत गरौँ भन्ने सन्देश दिन आज विद्युतीय सवारीसाधनको र्यालीको आयोजना गरिएको बताए । सरकारले सन् २०३५ सम्म १३ हजार मेगावाट बिजुली नेपालमा खपत गर्ने लक्ष्य लिएको भन्दै त्यसलाई सार्थक बनाउन एक्स्पोले भूमिका खेल्ने उनले बताए ।
अध्यक्ष कार्कीले जलविद्युत र उर्जासँग सम्बन्धित सामानहरू प्रदर्शनी गर्ने र बेच्नेभन्दा बाहेकका कुरा विगतमा नहुने गरेको भएपनि यस पटकको मेलामा भने विभिन्न चरणमा ऊर्जा क्षेत्रका समस्या, समाधान, लगानीका बारेमा विस्तृत रुपमा छलफल हुने र अन्ततः लगानी सम्मेलनलाई एक्स्पोले सहयोग पुर्याउने विश्वास जनाए ।
सन् २०३५ सम्ममा सरकारले लिएको २८ हजार ५ सयको विद्युत उत्पादनको योजना सफल बनउनका लागि पनि एक्स्पोले भूमिका खेल्ने बताए ।
इप्पानले यस अवसरमा आज बिहान विद्युतीय सवारी (इभी) र्यालीको आयोजना गरेको थियो।
The post इभी र्याली गर्दै “हिमालयन हाइड्रो एक्स्पो” आजदेखी सुरु first appeared on Khabar Breaking.
१२ बैशाख , काठमाडौं । जलविद्युत आयोजनाको जानकारी र प्रवर्द्धनको लागि बुधवारबाट काठमाडौंमा तीन दिने “हिमालयन हाइड्रो एक्स्पो” सुरु भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को आयोजनामा भइरहेको हिमालयन हाइड्रो एक्स्पो प्रदर्शनीको उद्घाटन उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले गरेका छन् ।
प्रदर्शनीको उद्घाटन गर्दै उर्जामन्त्री बस्नेतले सरकारले यही बैशाखमा आयोजना गर्ने लगानी सम्मेलनलाई एक्स्पोले सार्थक बनाउने विश्वास व्यक्त गरे । उनले नेपालको जलश्रोतको महत्वलाई बुझेर आगामी दिनमा सरकार, निजी क्षेत्रको हातेमालोबाट विद्युत उत्पादनको क्षेत्रमा विकास र बिस्तारका लागि काम गर्ने प्रतिवद्धता जनाए ।
समुद्घाटन कार्यक्रममा स्वतन्त्र उर्जा उत्पादकहको संस्था …
The post इभी र्याली गर्दै “हिमालयन हाइड्रो एक्स्पो” आजदेखी सुरु first appeared on Khabar Breaking.
देश, मुख्य समाचार, समाचार
Khabar Breaking