KhabarBreaking.com: आर्थिक वर्ष २०८१/८२ को बजेट लेखनमा जुट्यो अर्थ मन्त्रालय

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट लेखनमा अर्थ मन्त्रालय जुटेको छ । मन्त्रालयले बजेटका लागि सुझाव माग गर्दै अनावश्यक मन्त्रालय प्रवेश नगर्न पनि अनुरोध गरेको छ । बजेट निर्माणका लागि मन्त्री र कर्मचारीहरू व्यस्त हुने भएकाले अत्यावश्यकबाहेक भेटघाटका लागि नआउन मन्त्रालयले अनुरोध गरेको हो ।

मन्त्रालयले बजेटका लागि विभिन्न संघ, संस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारजगत तथा आम नागरिकहरुलाई सुझाव माग गरेको हो । मन्त्रालयको वेबसाइटमा रहेको ‘बजेट सजेसन‘मा गएर वा इमेल पठाएर सुझाव दिन मन्त्रालयले आग्रह गरेको हो ।

मन्त्रालयका कर्मचारी बजेट लेखनका व्यस्त रहेकोले मन्त्रालयको मुख्य ढोका पनि बन्द गरिएको छ । विनियोजन विधेयकको प्राथमिकता र सिद्धान्तमा यसअघि नै संसदमा छलफल पनि भइसकेको छ । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्बको बजेट सिलिङ दिएको छ । अर्थ मन्त्रालयले त्यही सिलिङलाई टेकेर नयाँ बजेट निर्माण प्रक्रिया अघि बढाएको हो ।

अर्थ मन्त्रालयका प्रवक्ता  उत्तम खत्रीले बजेट लेखनमा जुट्दा भीडभाड नहोस् र गोपनीयता कायम रहोस् भन्ने उद्देश्यले अर्थ मन्त्रालयको ढोका बन्द गरिएको बताए । अतिआवश्यक काम हुनेलाई अनुमति दिएर प्रवेश दिइने उनको भनाइ छ ।

बजेट लेखन कार्यका लागि अर्थमन्त्री वर्षमान पुनले गत शुक्रबार सहसचिव धनिराम शर्माको नेतृत्वमा बजेट मस्यौदा लेखन समिति गठन गरेका थिए । समितिमा सहसचिवहरू रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन् ।

The post आर्थिक वर्ष २०८१/८२ को बजेट लेखनमा जुट्यो अर्थ मन्त्रालय first appeared on Khabar Breaking.

 

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट लेखनमा अर्थ मन्त्रालय जुटेको छ । मन्त्रालयले बजेटका लागि सुझाव माग गर्दै अनावश्यक मन्त्रालय प्रवेश नगर्न पनि अनुरोध गरेको छ । बजेट निर्माणका लागि मन्त्री र कर्मचारीहरू व्यस्त हुने भएकाले अत्यावश्यकबाहेक भेटघाटका लागि नआउन मन्त्रालयले अनुरोध गरेको हो ।
मन्त्रालयले बजेटका लागि विभिन्न संघ, संस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारजगत तथा आम नागरिकहरुलाई सुझाव माग गरेको हो । मन्त्रालयको वेबसाइटमा रहेको ‘बजेट सजेसन‘मा गएर वा इमेल पठाएर सुझाव दिन मन्त्रालयले आग्रह गरेको हो ।
मन्त्रालयका कर्मचारी बजेट लेखनका …
The post आर्थिक वर्ष २०८१/८२ को बजेट लेखनमा जुट्यो अर्थ मन्त्रालय first appeared on Khabar Breaking. 

 

अर्थ 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

  • Related Posts

    नगर विकास कोषको कार्यकारी निर्देशकको अन्तरवार्ता भोली हुने

    ६ मंसिर, काठमाडौं । नगर विकास कोषको कार्यकारी निर्देशकको अन्तरवार्ता शुक्रवार हुने भएको छ । कोषले आज एक सूचना जारी गर्दै सो जनकारी दिएको हो । अन्तरवार्ता भोलि ९शुक्रवार० बिहान…

    Read more

    नेपाल-भारत सैन्य हित सम्बन्धि वार्ता आज

    ६ मंसिर , काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा बुधबार काठमाडौं आइपुगेका भारतीय स्थल सेनाका प्रमुख उपेन्द्र द्विवेदीसंग नेपाल र भारतका  सैनिकिबच पारस्परिक साझेदारी तथा हितमा केन्द्रित रहेर आज द्विदेशीय…

    Read more

    You Missed

    Profile and Interviews: Papa ko dekh kar dar gaye 😱🤣#shorts

    Profile and Interviews: How to keep the spark in your relationship 🥰#shorts #couplegoals VS my dother #funny #viral

    Profile and Interviews: Sad Cat ❤️🐈😢 #cats #cat #sad

    Profile and Interviews: Kaisa Lga Himanshi Ka Dance

    Profile and Interviews: محديش يزعل الاطفال || 🥹💔 ،#shorts

    नगर विकास कोषको कार्यकारी निर्देशकको अन्तरवार्ता भोली हुने

    • By
    • November 21, 2024
    • 4 views