२ वैशाख, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौं जिउँदोजाग्दो र चलायमान सहर भएको बताएका छन् । ठमेल र दरबारमार्ग २४ सै घण्टा खुला भएको घोषणा कार्यक्रमलाई वैशाख १ गते ठमेलमा सम्बोधन गर्दै उनले जतिखेर पनि, जहाँ पनि सुरक्षित भएर मानिसहरु आवतजावत गर्न सक्ने वातावरण बनाउने बताए ।
गृहमन्त्री रविले आफू पनि परिवारसहित ठमेल आएको भन्दै उनले परिवारसहित सबैले घुम्ने वातावरण बन्ने बताए । महिलाहरु समेत सुरक्षित हुने गरी र स्थानीयको माग सम्बोधन हुने गरी सरकार अगाडि बढेको उनले बताए ।
ठमेल आवास क्षेत्र पनि भएकोले शान्ति र सुरक्षाको प्रबन्ध हुनुपर्ने स्थानीयबासिको चासोतर्फ इङ्गित गर्दै गृहमन्त्री लामिछानेले स्थानीयको माग सम्बोधन हुने गरी सरकार अघि बढेको बताएका हुन् । ‘यहाँ आमाको निन्द्रा पनि छ । छोराछोरीको सपना पनि छ,’ गृहमन्त्री लामिछानेले भने ।
पोखरा लगायतका सहर २४ सै घण्टा खुला भइसकेको उल्लेख गर्दै गृहमन्त्री लामिछाने काठमाडौंमा पनि यसको सुरुवात भएको बताए । काठमाडौंबाट सिकेर देशका अन्य सहरहरु पनि खुला हुने उनले बताए । ‘नेपाल सरकारको उपप्रधान तथा गृहमन्त्रीको हैसियतमा बाचा गर्न चाहन्छु- यहाँ आउने हरेक नागरिक चाहे विदेशी हुन्, चाहे स्वदेशी हुन्, सबै समान छन्, सबै सुरक्षित छन् । यसको जिम्मा नेपाल सरकारले लिन्छ । गृह मन्त्रालयले लिन्छ । नेपाल प्रहरीले लिन्छ ।’, उनले भनेका छन् ।
The post गृहमन्त्री रवि भन्छन् : ‘काठमाडौं जिउँदोजाग्दो र चलायमान शहर हो’ first appeared on Khabar Breaking.
२ वैशाख, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौं जिउँदोजाग्दो र चलायमान सहर भएको बताएका छन् । ठमेल र दरबारमार्ग २४ सै घण्टा खुला भएको घोषणा कार्यक्रमलाई वैशाख १ गते ठमेलमा सम्बोधन गर्दै उनले जतिखेर पनि, जहाँ पनि सुरक्षित भएर मानिसहरु आवतजावत गर्न सक्ने वातावरण बनाउने बताए ।
गृहमन्त्री रविले आफू पनि परिवारसहित ठमेल आएको भन्दै उनले परिवारसहित सबैले घुम्ने वातावरण बन्ने बताए । महिलाहरु समेत सुरक्षित हुने गरी र स्थानीयको माग सम्बोधन हुने गरी सरकार अगाडि बढेको उनले बताए ।
ठमेल आवास क्षेत्र पनि भएकोले शान्ति र सुरक्षाको प्रबन्ध हुनुपर्ने …
The post गृहमन्त्री रवि भन्छन् : ‘काठमाडौं जिउँदोजाग्दो र चलायमान शहर हो’ first appeared on Khabar Breaking.
देश, प्रदेश / स्थानीय, प्रशासन, प्रोफाइल, मुख्य समाचार, समाचार
Khabar Breaking