५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

६ पुष ,काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८१/०८२ को पहिलो ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारततर्फ निकासी भएको जनाएको छ । चालू आवको साउन, भदौ असोज, कात्तिक र मङ्सिरमा १ अर्ब ७६ करोड युनिट बिजुली भारतमा निर्यात भएको  हो ।

प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को ‘ डे–अहेड’ तथा ‘रियल टाइम मार्केट’मा प्रतिस्पर्धी दरमा र द्धिपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता अनुसार हरियाणा र बिहारलाई बुजली बेच्दै आएको छ । यस अवधिमा प्राधिकरणले विद्युत् बिक्री गरी ८ अर्ब १५ करोड भारु (भारतीय रुपैयाँ) आम्दानी गरेको छ ।साउनमा सबैभन्दा बढी ४ अर्ब १५ करोडको विद्युत् निर्यात गरेको प्राधिकरणले मङ्सिरमा सबैभन्दा कम २८ करोड १४ लाख रुपैयाँको बिजुली निकासी गरेको छ । भदौमा ३ अर्ब ६८ करोड, असोजमा ३ अर्ब ७ करोड र कात्तिकमा १ अर्ब ८७ करोड रुपैयाँको विद्युत् भारतीय बजारमा बिक्री गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले असोज महिनामा आएको बाढीपहिरोका ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनासहित केही जलविद्युत केन्द्रमा क्षति पुगेका कारण निर्यात कम भएको बताएका छन् । उनका अुनसार अबको २ हप्ताभित्र माथिल्लो तामाकोशीबाट पनि बिजुली उत्पादन सुरु हुनेछ । प्राधिकरणका अनुसार अहिले विद्युत निर्यात बन्द भएको छ । सुख्खा याम भएकाले अहिले आन्तरिक माग धान्न बिजुलीको आयात सुरु गरिएको छ ।

प्राधिकरणले चालू आर्थिक वर्षमा ३० अर्ब रुपैयाँको विद्युत् निर्यात गर्ने लक्ष्य राखेको छ । गत आर्थिक वर्षमा भारतबाट १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् आयात गरिँदा १७ अर्ब ६ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको थियो ।

The post ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात first appeared on Khabar Breaking.

  • Related Posts

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    काठमाडौं । छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो १०औं र ११औं वार्षिक साधारणसभा एकैसाथ पुष ५ गते सम्पन्न गरेको छ। काठमाडौंमा सम्पन्न साधारणसभाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदनहरु सर्वसम्मत रुपमा…

    Read more

    आज सुनचाँदीको मूल्य बढ्यो

      ७ पुष, काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार प्रतितोला पाँच सय रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला ११०० रूपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका…

    Read more

    Leave a Reply

    You Missed

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    • By
    • December 22, 2024
    • 9 views

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    • By
    • December 22, 2024
    • 11 views

    आज सुनचाँदीको मूल्य बढ्यो

    • By
    • December 22, 2024
    • 10 views

    एमालेले बोलायो सचिवालय बैठक

    • By
    • December 22, 2024
    • 8 views

    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    • By
    • December 21, 2024
    • 12 views
    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    इप्पानको रजत जयन्ती ‘लिडिङ दि ईनर्जी प्रस्पोरेटी’ सम्मेलनसहित भव्य रूपमा मनाइने

    • By
    • December 20, 2024
    • 15 views