हिटलरजस्तै ओली पनि कहिल्यै नसुध्रिने भएः माधव नेपाल

 

काठमाडौं २५ मंसिर । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलन बचाउने हो भने एमालेभित्र रहेका सच्चा कम्युनिष्टहरू ओलीको भ्रमबाट मुक्त हुनुपर्ने बताएका छन । उनले आफूहरुले गरेको विद्रोह एमालेको चितवनमा भएको महाधिवेशनको तमासाबाट पनि पुष्टि भएको बताए ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हिटलरसँग तुलना गरेका छन् । हिटलरजस्तै ओली पनि कहिल्यै नसुध्रिने उनले बताए । समाजवादी प्रेस संगठन रुपन्देहीले शनिबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले ओली सुध्रिने सम्भावना नदेखेरै आफूहरुले विद्रोह गरेको बताए । हिटलरलाई श्रीमतीले समेत सुधार्न नसकेको भन्दै उनले ओलीलाई पनि कसैले सुधार्न नसक्ने बताए ।

उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई सामन्तवादको भूत जगाउने कोशिस नगर्न चेतावनी दिए । उनले राजतन्त्र संस्थागत रुपमै अन्त्य भइसकेको भन्दै त्यसलाई ब्युँताउने हो भने राणा शासन, दासप्रथा जस्ता पुराना सबै कुरा आउन सक्ने भएकाले त्यतातर्फ लाग्न नहुने बताए ।

अध्यक्ष नेपालले पाँच दलीय गठबन्धन राष्ट्रिय सभा चुनाव र उपनिर्वाचनसम्म कायम रहने बताए । उनले स्थानीय चुनाव वैशाखमा गर्ने वा तीनै तहको चुनाव एकै पटक गर्ने भन्ने विषयमा दलहरुबीच छलफल गरेर निष्कर्षमा पुगिने बताए ।

काँग्रेसको महाधिवेशनपछि सरकारका कामले गति लिने भन्दै उनले आफ्ना मन्त्रीहरुलाई गर्न सकिने काममा मात्र केन्द्रित भई जनताले अनुभूति गर्ने गरी काम गर्न निर्देशन दिएको बताए । अहिलेको प्रमुख अन्तरविरोध राजसंस्था नभई दलाल नोकरशाही पूँजीवाद भएको अध्यक्ष नेपालले बताए । दलाल पूँजीवादले समाजका सबै अंगमा विकृति विसंगति हुर्काएको र दलका नेताहरु समेत यसमा चुर्लुम्म डुबेको उनको भनाइ छ ।

 

  • Related Posts

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    ६ पुष ,काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८१/०८२ को पहिलो ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारततर्फ निकासी भएको जनाएको छ । चालू आवको साउन,…

    Read more

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    काठमाडौं । छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो १०औं र ११औं वार्षिक साधारणसभा एकैसाथ पुष ५ गते सम्पन्न गरेको छ। काठमाडौंमा सम्पन्न साधारणसभाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदनहरु सर्वसम्मत रुपमा…

    Read more

    You Missed

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    • By
    • December 22, 2024
    • 10 views

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    • By
    • December 22, 2024
    • 12 views

    आज सुनचाँदीको मूल्य बढ्यो

    • By
    • December 22, 2024
    • 11 views

    एमालेले बोलायो सचिवालय बैठक

    • By
    • December 22, 2024
    • 9 views

    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    • By
    • December 21, 2024
    • 12 views
    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    इप्पानको रजत जयन्ती ‘लिडिङ दि ईनर्जी प्रस्पोरेटी’ सम्मेलनसहित भव्य रूपमा मनाइने

    • By
    • December 20, 2024
    • 16 views