स्त्री तथा प्रसूति विशेषज्ञ समाजमा नयाँ कार्य समिति चयन

११ कात्तिक,काठमाडौं । नेपाल स्त्री तथा प्रसूति विशेषज्ञ समाज (नेसोग)मा नयाँ कार्य समिति चयन भएको छ। शुक्रबार अनलाइन मार्फत भएको मतदानबाट २०८१ – २०८३ कार्यकालका लागि प्रेसिडेन्ट इलेक्ट सहित नयाँ कार्यसमिति निर्वाचित भएको हो।

नेसोगको नयाँ कार्यसमितिमा डा पदमराज पन्त चयन भएका छन्। वरिष्ठ उपाध्यक्ष (प्रेसिडेन्ट इलेक्ट)को रुपमा डा धनबहादुर राना मगर निर्वाचित भएका छन्। निर्वाचनमा डा सपना (अमात्य) वैद्य उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएकी छन्।

यस्तै महासचिव पदमा डा सन्देश पौडेल, सहमहासचिव पदमा डा अस्मिता घिमिरे, सामाजिक सांस्किृतिक बैज्ञानिक सचिवमा डा आस्था श्रेष्ठ, सामाजिक सांस्कृतिक वैज्ञानिक सहसचिवमा डा श्रेषशी अर्याल निर्विरोध निर्वाचित भएका छन्। यस्तै नेसोगको कोषाध्यक्ष पदमा डा अतित पौडेल र सह कोषाध्यक्ष पदमा डा श्रीप्रसाद अधिकारी पनि निर्विरोध निर्वाचित भएका छन्।

सदस्यमा डा स्निग्धा राई, डा अञ्जना अधिकारी, डा तृप्ति श्रेष्ठ निर्वाचित भएका छन्। यसैगरी डा मनिषा यादव, डा सुरेश कायस्थ र डा निलम सुवेदी पनि सदस्य पदमा निर्वाचित भएका छन्।

The post स्त्री तथा प्रसूति विशेषज्ञ समाजमा नयाँ कार्य समिति चयन first appeared on Khabar Breaking.

  • Related Posts

    राप्रपा नेपालले आगामी मंसिरमा महाधिवेशन गर्ने

        २० पुष, काठमाडौँ । राप्रपा नेपालले आगामी मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको छ । आज शनिबार अध्यक्ष कमल थापाको अध्यक्षतामा सम्पन्न केन्द्रीय समिति बैठकले २०८२ मंसिर १३, १४…

    Read more

    ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवका अवसरमा वृहत् रक्तदान कार्यक्रम आयोजना, ७५७ व्यक्तिद्वारा रक्तदान

    ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवका अवसरमा वृहत् रक्तदान कार्यक्रम आयोजना, ७५७ व्यक्तिद्वारा रक्तदान   १९ पुष, काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको…

    Read more

    Leave a Reply

    You Missed

    राप्रपा नेपालले आगामी मंसिरमा महाधिवेशन गर्ने

    • By
    • January 4, 2025
    • 8 views

    ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवका अवसरमा वृहत् रक्तदान कार्यक्रम आयोजना, ७५७ व्यक्तिद्वारा रक्तदान

    • By
    • January 3, 2025
    • 10 views

    ६ संसदीय समितिको बैठक बस्दै

    • By
    • January 3, 2025
    • 8 views

    मुगु, सिन्धुपाल्चोक र बैतडीमा भूकम्प

    • By
    • January 3, 2025
    • 9 views

    ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सव, सुरक्षित डिजिटल बैंकिङ्ग सेवा विस्तार गर्न अध्यक्ष ढकालको जोड

    • By
    • January 2, 2025
    • 13 views

    ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सवको अवसरमा फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई विषेश उपहार योजना

    • By
    • January 2, 2025
    • 12 views