संघीय निजामती सेवा ऐन जारी गराउन एकीकृत सरकारी कर्मचारी संगठन आन्दोलनमा जाने

काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) पार्टी आवद्ध एकीकृत सरकारी कर्मचारी संगठन, नेपालले संघीय निजामती सेवा ऐन जारी गराउनको लागि आन्दोलनमा जाने घोषणा गरेको छ।

संगठनको केन्द्रीय कार्यसमितिको असोज २ र ३ गते भक्तपुरको खरिपाटीमा सम्पन्न भएको चौथो पूर्ण बैठकका निर्णयहरु सार्वजनिक गर्नको लागि सोमबार (७ असोज )आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष याम बहादुर खत्री , महासचिव प्रकाश राई लगायतले बैठकले ५१ बुँदे विशेष प्रस्तावहरु पारित गरेको जानकारी दिँदै संघीयता कार्यान्वयनको ९ वर्षमा पनि निजामती ऐन जारी हुन नसक्नुले सार्वजनिक प्रशासनको क्षेत्रमा अराजकता , अन्यौलता, र निराशा व्याप्त भएकाले अब आन्दोलनमा जानुपर्ने अवस्था आएको बताए ।

संगठनका अध्यक्ष खत्रीले सेवाग्राही र कर्मचारीमैत्री ऐन प्राप्त नभएसम्म दशैं ,तिहारपछि रिले अनसन लगायतका अभियान निरन्तर गर्ने र आवश्यकता अनुसार अन्य कार्यक्रमहरु पनि संचालन गर्ने निर्णय गरेको बताए ।

“सरुवा प्रणालीलाई वैज्ञानिक , स्वचालित र पूर्ण अनुमानयोग्य बनाउन संगठनले वैचारिक विमर्श लगाएतको काम गरेको छ। सरुवा प्रणालीलाई दीर्घकालीन रुपमा स्वचालित बनाउन संघीय निजामती सेवा ऐन जारी भएपछि हाल रहेका सबै कर्मचारीलाई पुल दरबन्दीमा राखेर क्रमशः सरुवा भएर जाने तीनवटा कार्यालयहरु क्रमवद्व रूपमा सुनिश्चित गर्दै हाल बहालमा रहेका कर्मचारीहरु सबैलाई पुनः पदस्थापन गर्ने व्यवस्था गर्न संगठन माग गर्दछ एवं अहिलेको लागि कर्मचारी सरुवामा स्पष्ट मापदण्ड बनाएर पारदर्शी र भेदभावरहित हुने सुनिश्चितता हुनुपर्छ”, उनले भने।

संगठनका महासचिव राईले खरिपाटी बैठकले करारका कर्मचारीलाई सामाजिक सुरक्षाकोषमा आवद्धताको सुनिश्चितता , चालक बीमा , महङ्गी भत्ता सुविधा हुनुपर्ने माग गरेको बताए । यसका लागि अल्पकालीन र दीर्घकालीन समाधानका उपाय बैठकले सुझाएको उनले जानकारी दिए।

The post संघीय निजामती सेवा ऐन जारी गराउन एकीकृत सरकारी कर्मचारी संगठन आन्दोलनमा जाने first appeared on Khabar Breaking.

  • Related Posts

    यस वर्षको बडादसैँ आजबाट समापन हुँदै

    ३० असोज ,काठमाडौं । यस वर्षको  बडादसैँ आजबाट सकिँदैछ।  आश्विन शुक्लपक्षको चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका…

    Read more

    काठ​माडौंबाट​ ध​न​ग​ढी जाँदै गरेको बस दुर्घटना

    ३० असोज, काठमाडौं । काठ​माडौँबाट​ ध​न​ग​ढी जाँदै गरेको यात्रुवाहक बस दुर्घटना भएको छ । बाँके प्रहरी कार्यलयका अनुसार मंगलबार काठमाडौंदेखि धनगढीका लागि छुटेको बस आज​ बिहान​ बाँकेको अगैया न​जिक दुर्घ​ट​ना…

    Read more

    Leave a Reply

    You Missed

    यस वर्षको बडादसैँ आजबाट समापन हुँदै

    • By
    • October 16, 2024
    • 8 views

    काठ​माडौंबाट​ ध​न​ग​ढी जाँदै गरेको बस दुर्घटना

    • By
    • October 16, 2024
    • 8 views

    ११ जुवाडे पक्राउ

    • By
    • October 13, 2024
    • 15 views

    आज पनि दसैँको टीका लगाईँदै

    • By
    • October 13, 2024
    • 13 views

    Profile and Interviews: LIVE🔴 सुबह शाम 5 मिनट ये सुनें..मन शांत रहेगा../ Meditation Bk Yog / Guided meditation

    Profile and Interviews: गोरखनाथ,गोर्खा र पृथ्वीनारायण #podcast with Binu pokhrel, ft. Balabhadranath #motivation #culture