लाइफ इन्स्योरेन्स कर्पोरेशनको २२औं साधारणसभा सम्पन्न

लाइफ इन्स्योरेन्स कर्पोरेशन(एलआईसी) नेपालको २२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ललितपुरमा बिहीवार (१३ असार) सम्पन्न सभाले सञ्चालक समितिले प्रस्तुत गरेको कम्पनीको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन स्वीकृत गरेको छ ।

समीक्षा आ. व. को लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तसम्मको वासलात र आर्थिक वर्ष २०७९/८० को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पनि पारित भएको छ ।

यसका साथै सभाले लेखापरीक्षण समितिको सिफारिसबमोजिम आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि पारित गरेको छ ।

सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालक प्रणय कुमारले आगामी दिनमा शेयरधनीहरुलाई क्षमता अनुसारको प्रतिफल दिने प्रतिवद्धता व्यक्त गरेका थिए ।

साथै, उनले अभिकर्ताहरु भनेको कम्पनीको मेरुदण्डको रुपमा रहेकाले सेवा सुविधामा समेत कम्पनीले विशेष ध्यान दिने बताए ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले गत जेठ ३२ गते एक दिन बुक क्लोज गरेको थियो । यसका आधारमा जेठ ३१ गतेसम्म कायम शेयरधनीहरू मात्रै सभामा भाग लिएका थिए ।

The post लाइफ इन्स्योरेन्स कर्पोरेशनको २२औं साधारणसभा सम्पन्न first appeared on Khabar Breaking.

  • Related Posts

    आज र भोलि देशैभर भिटामिन ‘ए’ सँगै जुकाको औषधि खुवाइँदै

    २ कार्तिक, काठमाडौं । आज र भोलि देशैभर भिटामिन ए क्याप्सुलसँगै जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय पोषण कार्यक्रम अन्तरगत बालबालिकाहरूलाई औषधि खुवाउन लागेको हो ।…

    Read more

    सरकारले बजारमा गहुँको माग बढेसँगै भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गर्ने

    २ कार्तिक, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले चाडपर्वका बेला अनावश्यक सञ्चय गरी कृत्रिम अभाव सिर्जना गर्ने, अनुचित नाफा लिए कारबाही गरिने बताउनु भएको छ । सर्वसाधारण…

    Read more

    Leave a Reply

    You Missed

    आज र भोलि देशैभर भिटामिन ‘ए’ सँगै जुकाको औषधि खुवाइँदै

    • By
    • October 18, 2024
    • 1 views

    सरकारले बजारमा गहुँको माग बढेसँगै भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गर्ने

    • By
    • October 18, 2024
    • 13 views

    मन्त्रिपरिषद्को बैठक बस्दै

    • By
    • October 18, 2024
    • 12 views

    सरकारले जनताको राहत र पुनःस्थापनाका लागि पहिलो पहल गर्नुपर्छः रामहरी खतिवडा

    • By
    • October 17, 2024
    • 13 views

    एभरेष्ट बैंक लिमिटेडको ३० औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

    • By
    • October 17, 2024
    • 11 views

    ग्लोबल आइएमई बैंकका ग्राहकलाई एजिलस डायग्नोष्टिक नेपालमा १५ प्रतिशत छुट

    • By
    • October 17, 2024
    • 9 views