राष्ट्र बैंकको नीतिगत व्यवस्थामा समयानुकूल समीक्षा हुन्छ: गभर्नर

४ पुष ,काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल  राष्ट्र बैंकको नीतिगत व्यवस्थामा समय र परिस्थिति अनुसार समीक्षा र परिवर्तन गरिने बताएका छ्न। उनले  बैंकहरुलाई जोगाउन लागि हाल प्रोभिजन धेरै गर्न लगाएको बताए। बुधबार (३ मंसिर ) नेपाल बैंकर्स संघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

 ‘बैंकलाई जोगाउन प्रोभिजन धेरै गर्न लगाएको हो । सेयरधनीले लाभांश बढी खान्छ भनेर प्रोभिजन गर्न लगाएको होइन । खराब कर्जा बढ्दो छ । यसलाई कम गर्न सबै गर्न लगाइएको हो ।’ , गभर्नर अधिकारीले भने, ‘बैंकिङ क्षेत्रमा जे-जस्ता परिवर्तन भएपनि राष्ट्र बैंकको काम भनेको बैंकिङ क्षेत्रलाई सुरक्षित राख्नु हो । विगतमा भूकम्प, कोरोना महामारी जस्ता चुनौती भोग्नु पर्‍यो । कयौं उतारचढावका बीच पनि नेपालको बैंकिङ स्थिर छ । यस्ता थुप्रै चुनौतीका बीच पनि कुनै क्षति हुन दिएनौं ।’

उनले कयौं उतारचढावका बीच पनि नेपालको बैंकिङ स्थिर रहेको बताउदै नेपालको बैंकिङ क्षेत्रप्रति गर्व गर्नुपर्ने  बताए ।

गभर्नरले ब्याजदर सस्तो हुँदा पनि कर्जा असुली नभएको बेलामा रेमिट्यान्स आउँदा सहज भएको बताए । उनले  बैंकरहरूका लागि रिकोभरी नै मुख्य चुनौती रहनुका साथै साइबर सेक्युरिटी  अर्को चुनौती रहेको बताए ।

उनले राष्ट्र बैंकको एउटै नीति सधैं नरहने र राष्ट्र बैंकले पनि समय परिस्थितिको आधारमा नीतिगत व्यवस्था परिवर्तन गर्दै आएको बताए ।

बैंकर्स संघको बुधबार सम्पन्न  वार्षिक साधारणसभाले सन्तोष कोइरालालाई संघको अध्यक्षमा निर्विरोध निर्वाचित  गरेको छ ।उनलाई आगामी दुई वर्षका लागि अध्यक्षमा चयन गरेको हो । कोइराला यसअघि संघका उपाध्यक्षको भूमिकामा थिए। ऊनी माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् ।

The post राष्ट्र बैंकको नीतिगत व्यवस्थामा समयानुकूल समीक्षा हुन्छ: गभर्नर first appeared on Khabar Breaking.

  • Related Posts

    पर्यटन समाज सहकारीमा नारायण पौडेलको अध्यक्षतामा नयाँ संचालक समिति

    काठमाडौं । पर्यटन समाज सहकारी संस्थाले आफ्नो १६औं वार्षिक साधारणसभा सम्पन्न गर्दै  नारायण पौडेलको  अध्यक्षतामा नयाँ संचालक समितिको चयन गरेको छ। संस्थाको यही मंसिर २९ गते शनिबार भएकाे साधारणसभाले आगामी…

    Read more

    शाैभाग्याेदय नमुना स्कुलको अक्षयकोषमा महेन्द्र खनालको सहयोग

    लमजुङ । लमजुङ जिल्लाको शाैभाग्याेदय नमुना माध्यमिक विद्यालयलाई साेही स्कुलका पुर्व विद्यार्थी महेन्द्र बहादुर खनालले माता-पिताकाे नाममा रु.१,११,१११/- (एक लाख एघार हजार एक सय एघार) स्कुलकाे अक्षयकाेषकाे लागि सहयोग प्रदान…

    Read more

    Leave a Reply

    You Missed

    राष्ट्र बैंकको नीतिगत व्यवस्थामा समयानुकूल समीक्षा हुन्छ: गभर्नर

    • By
    • December 19, 2024
    • 10 views

    पर्यटन समाज सहकारीमा नारायण पौडेलको अध्यक्षतामा नयाँ संचालक समिति

    • By
    • December 19, 2024
    • 10 views
    पर्यटन समाज सहकारीमा नारायण पौडेलको अध्यक्षतामा नयाँ संचालक समिति

    शाैभाग्याेदय नमुना स्कुलको अक्षयकोषमा महेन्द्र खनालको सहयोग

    • By
    • December 19, 2024
    • 11 views
    शाैभाग्याेदय नमुना स्कुलको अक्षयकोषमा महेन्द्र खनालको सहयोग

    “मिस हेरिटेज ईन्टरनेशनल २०२४” को ताज नेपालकी सुश्मिता श्रेष्ठलाई

    • By
    • December 18, 2024
    • 12 views
    “मिस हेरिटेज ईन्टरनेशनल २०२४” को ताज नेपालकी सुश्मिता श्रेष्ठलाई

    नेपाल बैंकर्स संघको अध्यक्षमा कोइराला निर्विरोध

    • By
    • December 17, 2024
    • 16 views

    आज तीन वटा संसदीय समितिको बैठक बस्दै

    • By
    • December 17, 2024
    • 15 views