राजधानीमा सकियो तीज अन दी वाल

१९ भदौं, काठमाडौ । सर्वोच्च शिखर सगरमाथाको दुबै मोहडा नेपाल र तीब्बतबाट सफल आरोहण गरी विश्वकिर्तिमान राख्न सफल आरोही कल्पना महर्जनको अगुवाईमा तीज अन द वाल (स्पोर्ट क्लाइमिंग) भएको छ । हरेक वर्ष नेपाली महिलाहरुको महान चाड तीजको उपलक्ष्यमा तीज अन द वाल भएको हो ।

संस्कृति र साहस सँगसँगै भन्ने नाराको साथमा भएको तीज अन द वाल कार्यक्रममा यो पटक नेपाली सेनाका विभिन्न विधाका खेलाडीहरुले भाग लिएका थिए । साहसिक खेल स्पोर्ट क्लाइम्बिडको प्रवद्र्धन गर्ने लक्ष्यसहित हरेक वर्ष विभिन्न विधाका महिलाहरुलाई कार्यक्रममा सहभागी गराउँदै आएको छ । महर्जनले राजधानीको धुम्वाराहीमा रहेको पासाग लामु स्पोटर्स क्लाइम्बिङमा क्लाइम्बिङ अभ्यास गराएकी हुन् ।

तीजलाई फरक ढंगमा मनाउने उद्देश्यका साथ तीज अन दी वाल सुरु गरिएको उनले बताइन् । तीजमा भगवना शिवलाई पाउन पार्वती माताले कठोर तपस्या पछि प्राप्त गरेको कथा छ । त्यस्तै हामीेले आफ्नो कुनै पनि लक्ष्य प्राप्त गर्न पार्वती माताले जस्तै कठोर भन्दा कठोर संघर्ष पछि मात्र लक्ष्य र सफलता प्राप्त गर्न सकिने सन्देश दिन कार्यक्रम गर्दै आएको जनाइएको छ । माउण्टेन एडभेन्सर सपोर्ट एकेडेमीको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रमका लागि एक्सेरेन्स आउटडोर नेपालले व्यवस्थापन गरेको थियो ।

The post राजधानीमा सकियो तीज अन दी वाल first appeared on Khabar Breaking.

  • Related Posts

    लिपुलेकबारे भारत-चीन सहमतिमा सरकारको धारणा: नेपाललाई कुनै प्रभाव पर्दैन

    १२ पुष , काठमाडौं । नेपाल सरकारले भारत र चीनले नेपाली भूभाग लिपुलेकलाई तीर्थ यात्रु आवतजावतको केन्द्र बनाउने सहमति गरेकोप्रति कुनै आपत्ति जनाउनुपर्ने अवस्था नरहेको बताएको छ। मंगलबार (११ पुष…

    Read more

    फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको ९.४७% लाभांश र वित्तीय प्रतिवेदन सर्वसम्मतले पारित

    काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न गर्दै ९.४७ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ। वित्तीय संस्थाका अध्यक्ष श्री राजा अर्यालको सभापतित्वमा पुष…

    Read more

    Leave a Reply

    You Missed

    लिपुलेकबारे भारत-चीन सहमतिमा सरकारको धारणा: नेपाललाई कुनै प्रभाव पर्दैन

    • By
    • December 27, 2024
    • 0 views

    फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको ९.४७% लाभांश र वित्तीय प्रतिवेदन सर्वसम्मतले पारित

    • By
    • December 27, 2024
    • 0 views
    फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको ९.४७% लाभांश र वित्तीय प्रतिवेदन सर्वसम्मतले पारित

    ४९ अर्ब बढीको आइपिओ निष्कासन गर्न ८० कम्पनीहरु पाइपलाइनमा

    • By
    • December 26, 2024
    • 10 views

    रोयल बहुउद्देश्यीय सहकारी संस्थाको २७औं साधारणसभा सम्पन्न; कृषि श्रोत केन्द्रदेखि लघुवित्तसम्म विश्वसनीय सेवाको प्रतिबद्धता

    • By
    • December 26, 2024
    • 10 views

    गरिमा म्युचुअल फण्डको “गरिमा समृद्घि योजना” मा आवेदन दिने आज अन्तिम दिन

    • By
    • December 26, 2024
    • 10 views

    म्याग्दी बचत तथा ऋण सहकारीको १७औं साधारणसभा सम्पन्न; ४.७५% भन्दा बढी लाभांश प्रदान

    • By
    • December 26, 2024
    • 10 views