मौद्रिक नीति २०८१/८२ सार्वजनिक; नीतिगत दर र बैंक दर घटाइयो

११ साउन , काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को लागि मौद्रिक नीति सार्वजनिक गर्दै नीतिगत दर र बैंक दर ‍घटाएकाे छ ।

नीतिगत दरलाई ५.५ प्रतिशत विन्दुबाट ५ प्रतिशत कायम गरेको छ । त्यस्तै , बैंकदर ७ प्रतिशतबाट ६.५ प्रतिशत कायम गरिएको छ ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ मा मुद्रास्फिति ५.५ प्रतिशत सीमाभित्र रहने प्रक्षेपण गरेको छ । ‘आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा मुद्रास्फिति ५.५ प्रतिशतको सीमाभित्र रहने अनुमान गरेको छ,’ मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले भने , ‘यसमा केही जोखिम रहे पनि मुद्रास्फितिको कारकहरूलाई नजर राख्दा उक्त सीमाभित्र रहने प्रक्षेपण गरिएको छ ।’

उनले सम्पत्ति व्यवस्थापन कम्पनी सम्बन्धि कानूनकाेे मस्यौदा बनाइ नेपाल सरकारलाई हस्तान्तरण गरिने पनि बताए ।

त्यस्तै ,राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत संस्थागत लगानीकर्ताहरुका लागि बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोडको सीमा खारेज गरेको हो । व्यक्तिगतर्फको १५ करोडको सीमालाई भने यथावत राखेको छ ।

साउनको पहिलो शुक्रबार नै सार्वजनिक गर्ने तयारी रहेको मौद्रिक नीति एक साता ढिलो गरेर शुक्रबार नै केन्द्रीय बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ ।

सरकारले ल्याएको बजेट कार्यान्वयनमा सहज पुग्ने र अर्थतन्त्र चलायमान गराउन मौद्रिक नीतिले भूमिका खेल्ने केन्द्रीय बैंकका गभर्नर अधिकारीले बताएका छन् । मौद्रिक नीति विगतको भन्दा केही लचिलो पनि देखिएको छ ।

The post मौद्रिक नीति २०८१/८२ सार्वजनिक; नीतिगत दर र बैंक दर घटाइयो first appeared on Khabar Breaking.

  • Related Posts

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    ६ पुष ,काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८१/०८२ को पहिलो ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारततर्फ निकासी भएको जनाएको छ । चालू आवको साउन,…

    Read more

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    काठमाडौं । छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो १०औं र ११औं वार्षिक साधारणसभा एकैसाथ पुष ५ गते सम्पन्न गरेको छ। काठमाडौंमा सम्पन्न साधारणसभाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदनहरु सर्वसम्मत रुपमा…

    Read more

    Leave a Reply

    You Missed

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    • By
    • December 22, 2024
    • 8 views

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    • By
    • December 22, 2024
    • 8 views

    आज सुनचाँदीको मूल्य बढ्यो

    • By
    • December 22, 2024
    • 8 views

    एमालेले बोलायो सचिवालय बैठक

    • By
    • December 22, 2024
    • 8 views

    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    • By
    • December 21, 2024
    • 11 views
    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    इप्पानको रजत जयन्ती ‘लिडिङ दि ईनर्जी प्रस्पोरेटी’ सम्मेलनसहित भव्य रूपमा मनाइने

    • By
    • December 20, 2024
    • 15 views