मौद्रिक नीति आज सार्वजनिक गर्दै राष्ट्र बैंक

११ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । मौद्रिक नीति पास गर्ने प्रयोजनका लागि  आज बिहान ८ बजे सञ्चालन समितिको बैठक बोलाइएको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

अहिले अर्थतन्त्रका बाह्य आयाम  राम्रो हुँदै गएको बेला मौद्रिक नीतिले आन्तरिक अर्थतन्त्र बलियो बनाउने तर्फ केन्द्रित अपेक्षा लिइएको छ  । मौद्रिक नीति र बजेटको तादम्यता मिल्ने गरी नीति आउने अपेक्षा गरिएको छ ।

अर्थमन्त्री विष्णु पौडेल र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको ‘ट्युनिङ’ मिलेकाले पनि बजेट कार्यान्वयनमा सहज हुने मौद्रिक नीति जारी हुने अपेक्षा गरिएको जानकारहरु बताउँछन् । ‘शेयर बजार, घरजग्गा कारोबार र उत्पादन क्षेत्रलाई केन्द्रित गरेर मौद्रिक नीति आउने छ । शेयर धितो कर्जालाई व्यक्तिका हकमा ३० करोड र संस्थाका हकमा ५० करोड बनाउन खोजिएको छ । घर जग्गा कर्जाको सीमा बढाउने तयारी रहेको छ । बैकले प्रवाह गर्ने कुल ऋणको कति प्रतिशत कुन क्षेत्रमा ऋण प्रवाह गर्ने सीमामा पनि केही हेरफेर हुने छ । बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो कूल कर्जाको ३ प्रतिशतसम्म कर्जा शेयर धितोमा दिन सक्ने व्यवस्था गर्ने तयारी रहेको छ’, राष्ट्र बैंक स्रोतले भन्यो ।

त्यस्तै ,बजेटले समेट्न नसकेको क्षेत्रमा मौद्रिक नीतिमार्फत सम्बोधन गर्न निजी क्षेत्रले माग गरिरहेका छन् । नयाँ बजेट आउँदा निजी क्षेत्रले आफूहरूले अपेक्षा गरेअनुसारको बजेट नआएको बताएका थिए । शेयर लगानी कर्ताहरूले पनि लगानीमैत्री मौद्रिक नीति आउने अपेक्षा गरिरहेका छन् ।

अघिल्लो शुक्रबार नै आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीति सार्वजनिक गर्न लागेपनि सरकार परिवर्तनका कारण एक हप्ता ढिलो भएको हो ।

The post मौद्रिक नीति आज सार्वजनिक गर्दै राष्ट्र बैंक first appeared on Khabar Breaking.

  • Related Posts

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    ६ पुष ,काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८१/०८२ को पहिलो ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारततर्फ निकासी भएको जनाएको छ । चालू आवको साउन,…

    Read more

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    काठमाडौं । छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो १०औं र ११औं वार्षिक साधारणसभा एकैसाथ पुष ५ गते सम्पन्न गरेको छ। काठमाडौंमा सम्पन्न साधारणसभाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदनहरु सर्वसम्मत रुपमा…

    Read more

    Leave a Reply

    You Missed

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    • By
    • December 22, 2024
    • 6 views

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    • By
    • December 22, 2024
    • 6 views

    आज सुनचाँदीको मूल्य बढ्यो

    • By
    • December 22, 2024
    • 6 views

    एमालेले बोलायो सचिवालय बैठक

    • By
    • December 22, 2024
    • 6 views

    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    • By
    • December 21, 2024
    • 11 views
    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    इप्पानको रजत जयन्ती ‘लिडिङ दि ईनर्जी प्रस्पोरेटी’ सम्मेलनसहित भव्य रूपमा मनाइने

    • By
    • December 20, 2024
    • 15 views