काठमाडौं । महागुथि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो पच्चिसौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष मचाराजा महर्जनको सभापतित्व र बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी मन्त्री प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यमा यही कार्तिक २४ गते शनिवार सम्पन्न उक्त साधारणसभाले आगामी चार वर्षको कार्यकालको लागि नयाँ संचालक समिति र लेखा समितिको चयन गरेको छ।
साधारणसभाबाट संस्थाका संचालक समितिको अध्यक्षमा मचाराजा महर्जन नै सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै ,उपाध्यक्षमा बाबुराजा प्रजापति , सचिवमा कुल ब महर्जन , कोषाध्यक्ष्यमा कुमार डंगोल , लेखा समितिको संयोजकमा रेणुका बासुकला लगायत निर्वाचित भएका हुन् ।
सभाले समीक्षा आर्थिक वर्ष २०८०/८१ को संचालक समितिको वार्षिक प्रतिवेदन , लेखा र सुपरीवेक्षण प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको वासलात, नाफा नोक्सानीको हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरेको छ । साथै, आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षण कार्य गर्नका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण कार्य सम्पन्न गरेको छ।
काठमाडौंको नरदेवीमा कार्यालय रहेको संस्थाको समीक्षा आर्थिक वर्षमा १६९६ शेयर सदस्य , शेयर पूँजी रु. २ करोड ८९ लाख र कुल कारोबार ४५ करोड रहेको छ। यस आ व मा संस्थाको कुल संचालन बचत रु. १ करोड ७ लाख रहेको छ।
The post महागुथि बहुउद्देश्यीय सहकारीको २५औं साधारणसभाबाट नयाँ संचालक समितिको चयन first appeared on Khabar Breaking.