मंसिरमा अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन गर्दै प्याब्सन

५ कार्तिक ,काठमाडौँ । निजी विद्यालयहरुको संगठन  प्याब्सनले आगामी मंसिर १४ र १५ गते अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको आयोजना गर्ने भएको छ। आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै प्याब्सनले  मङ्सिर १४ र १५ गते अर्थात् नोभेम्बर २९ र ३० मा काठमाडौँको होटल हायत रिजेन्सीमा तेस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन गर्ने जानकारी दिएको हो ।

उक्त सम्मेलनमा  शिक्षा क्षेत्रका अग्रणी व्यक्तित्वहरू, विद्यालयका संस्थापक प्रिन्सिपल, शैक्षिक निर्देशक र अग्रणी शिक्षकहरूका लागि लक्षित हुने प्याब्सनका महासचिव आरबी कटवालले बताए ।  त्यस्तै , सम्मेलनका मुख्य उद्देश्यहरूमा विद्यालयको स्तर उन्नति, कक्षा कोठाको सुधार, शैक्षिक नेतृत्वको विकास, र शिक्षक–विद्यार्थीको शैक्षिक गतिविधिलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा गहन छलफल गरिने उनले बताए ।

यस सम्बन्धि प्याब्सनको विज्ञप्तिमा भनिएको छ,‘ शैक्षिक सम्मेलनमा फिनल्यान्ड र बेलायत जस्ता शिक्षामा अग्रणी देशहरूबाट प्रतिष्ठित वक्ताहरूले आफ्ना अनुभव र सफल शैक्षिक मोडलहरू प्रस्तुत गर्नुहुनेछ । साथै, यो सम्मेलनलाई नेपाल सरकारको शिक्षा मन्त्रालय र ब्रिटिस काउन्सिलद्वारा सहजीकरण हुनेछ, जसले यसलाई अझ प्रभावकारी र परिणाममुखी बनाउनेछ ।’ सम्मेलनमा भुटान, पाकिस्तान, बङ्गलादेश, श्रीलंका, भारत र भियतनामबाट पनि सहभागिताका लागि निश्चित भएको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ,‘दुई दिनसम्म चल्ने यस सम्मेलनमा १२ भन्दा बढी सेसनहरू हुनेछन्, जसमा विविध शैक्षिक विषयका छलफल, नीतिगत बहस, र विद्यालय सुधारका लागि प्रभावकारी उपायहरूको खोजी गरिनेछ । यसका साथै, विद्यालय व्यवस्थापन, शिक्षक प्रशिक्षण, र शैक्षिक नेतृत्वको सुदृढीकरणमा महत्त्वपूर्ण सुझावहरू प्रस्तुत गरिनेछन् ।’

साथै , अन्तर्राष्ट्रिय स्तरको शिक्षा नेपालमा नै प्रदान गरी नेपालबाट बाहिरिने विद्यार्थी रोक्न र नेपालमा नै विदेशी विद्यार्थी अध्ययन गराई नेपाललाई शैक्षिक गन्तव्य बनाउनु सम्मेलनको उद्देश्य रहेको प्याब्सनले जनाएको छ।

The post मंसिरमा अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन गर्दै प्याब्सन first appeared on Khabar Breaking.

  • Related Posts

    एनएमबि बैंकको संस्थापक शेयर बिक्रीमा

    ६ कात्तिक, काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न शेयरधनीको स्वामित्वमा रहेको कुल १ लाख २३ हजार ३२४ कित्ता शेयर बिक्रीमा राखेको हो ।…

    Read more

    संसदीय समितिका सभापति र प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख

    ६ कात्तिक, काठमाडौं । सभामुख देवराज घिमिरेले ६ वटा संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतकहरुसँग संयुक्त छलफल गर्दै हुनुन्छ । सभामुखले समितिका सभापतिहरू र प्रमुख दलका प्रमुख सचेतकहरुलाई…

    Read more

    Leave a Reply

    You Missed

    एनएमबि बैंकको संस्थापक शेयर बिक्रीमा

    • By
    • October 22, 2024
    • 8 views

    संसदीय समितिका सभापति र प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख

    • By
    • October 22, 2024
    • 8 views

    साढे २० लाख भारुसहित २ भारतीय नागरिक पक्राउ

    • By
    • October 22, 2024
    • 8 views

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा माछापुच्छ्रे बैंकद्वारा २५ लाख सहयोग

    • By
    • October 22, 2024
    • 9 views

    वस्तुनिष्ठ मूल्याङ्कनको आधारमा न्यायाधीश नियुक्ति गर्ने प्रधानन्यायाधीश राउतको प्रतिबद्धता

    • By
    • October 21, 2024
    • 10 views

    श्रम, मन्त्री भण्डारीले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिन पुरा हुँदै, यस्तो छ, प्रगति विवरण

    • By
    • October 21, 2024
    • 13 views