बहुमतको सरकार निर्माणमा जुट्न प्रधानमन्त्री देउवाको आह्वान

 

 

काठमाडौं पुस १ । नेपाली काँग्रेसका नवनिर्वाचित सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनसम्ममा पार्टीलाई एकताबद्ध बनाई स्थानीय तहदेखि केन्द्र तहसम्म बहुमतको सरकार निर्माणमा जुट्न कार्यकर्तालाई आह्वान गरेका छन् ।

सभापतिमा निर्वाचित भएपछि ‘बधाई तथा शुभकामना’ दिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका महाधिवेशन प्रतिनिधि तथा कार्यकर्तासँगको कुराकानीमा प्रधानमन्त्रीले काँग्रेसलाई एकढिक्का र बलियो बनाउन प्रत्येक कार्यकर्ताको योगदान महत्त्वपूर्ण हुने बताए ।

प्रधानमन्त्री देउवाले बधाई तथा शुभकामना दिन आउने महाधिवेशन प्रतिनिधि तथा कार्यकर्ताको जिज्ञासा धैर्य साथ सुन्नका साथै काँग्रेस पार्टीलाई वडा, पालिका, क्षेत्र र प्रदेश तहदेखि केन्द्रसम्म बलियो बनाउन सबैले त्याग र सङ्घर्ष गर्नुपर्ने सल्लाह दिनुभयो । काठमाडौँमा यही २४ गतेदेखि २७ गतेसम्म आयोजित १४औँ महाधिवेशनबाट पार्टीको दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका प्रधानमन्त्री देउवाले आफ्नो विजयमा अबिर जात्रा, विजय –याली र नाराबाजी गर्नसमेत रोक लगाउन निर्देशन दिएका थिए ।

यो काँग्रेसको आन्तरिक प्रतिस्पर्धा हो अबिरदजात्रा, विजय –याली गर्नेजस्ता गतिविधिमा पूर्ण रूपमा रोक लगाइएको प्रधानमन्त्री देउवाका निजी सचिव भानु देउवाले बताए । उनको गृहजिल्ला डडेल्धुरामा पनि ¥याली निकाल्ने काम नगर्न निर्देशन दिइएको छ । सभापति देउवालाई बधाई तथा शुभकामना दिन बिहान सबेरै सर्वसाधारण कार्यकर्ता प्रधानमन्त्री निवास बालुवाटार पुगिसकेका थिए । नेता, कार्यकर्ता र महाधिवेशन प्रतिनिधिले भरिभराउ प्रधानमन्त्री कार्यालय परिसर दिउँसो १ बजेपछि खुकुलो बनेको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

  • Related Posts

    ग्लोबल आइएमई बैंकद्वारा “ग्लोबल हाट बजार” सञ्चालनमा, लघु, साना तथा मझौला उद्यमीको उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्ने

    ८ पुष,काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले ग्लोबल हाट बजार सञ्चालनमा ल्याएको छ ।  …

    Read more

    सोमबार नेप्से परिसूचकमा करिब २९ अंकको वृद्धि

    ८ पुष । सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । केही दिन देखि लगातार घटेको  नेप्से परिसूचक साताको दोस्रो दिन २८.९१ अंकले बढेर २ हजार २६१२.२० विन्दुमा बन्द भएको…

    Read more

    You Missed

    ग्लोबल आइएमई बैंकद्वारा “ग्लोबल हाट बजार” सञ्चालनमा, लघु, साना तथा मझौला उद्यमीको उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्ने

    • By
    • December 23, 2024
    • 7 views

    सोमबार नेप्से परिसूचकमा करिब २९ अंकको वृद्धि

    • By
    • December 23, 2024
    • 7 views

    देव दर्शन साकोसमा राम नारायण घिमिरेको अध्यक्षतामा नयाँ संचालक समिति

    • By
    • December 23, 2024
    • 8 views
    देव दर्शन साकोसमा राम नारायण घिमिरेको अध्यक्षतामा नयाँ संचालक समिति

    राष्ट्रपति समक्ष नवनियुक्त राजदूतहरुले लिए शपथ

    • By
    • December 23, 2024
    • 7 views

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘राष्ट्रिय बाँस सम्मेलन’ गर्ने

    • By
    • December 23, 2024
    • 7 views

    सेवाग्राहीलाई दुख दिने नियतले नियम, कानुन बनाउन रोक्नुपर्छ: सांसद चौधरी

    • By
    • December 23, 2024
    • 10 views