फेरी राष्ट्रिय राजनीतिमा ओली नै शक्तिशाली हुन्छनः डा डिआर उपाध्याय

 

 

काठमाण्डौं । बिश्लेषक तथा लेखक डा डिआर उपाध्यायले एमालेको महाधिवेशनको  सन्दर्भमा आफूले बोलेको कुरा पुगेको बताएका छन । आज खबर ब्रेकिङ  संग छोटो कुरा गदै उनले यस्तो बताएका हुन ।

उनले भने, ‘मैले सुरु देखि नै भन्दै आएको थिए । केपी ओली संग भिम रावलले प्रतिस्प्रर्धा गर्न खोज्नु भनेको कुहिनाले पहाड फोर्न खोज्नु जस्तो हो भनेको थिए । एमालेको महाधिवेशन परिणामले त्यस्तै देखायो । रावल असल र राम्रा बौद्धिक नेता हुन । निर्वाचनमा गए पछि हार जित हुन्छ यो स्वभाविक कुरा हो । यसमा रावलले चित्त बुझाउनु पर्छ ।”
उनले एमालेमा ओली संग प्रतिस्प्रर्धा गर्न सक्ने नेता अरु नभएको  दाबी गरे । ओलीकै कारण एमाले चलायमान भएको कुरा उल्लेख गदै उनले फेरी राष्ट्रिय राजनीतिमा ओली नै शक्तिशाली हुने बताए ।सत्ता गठबन्धनमा भएका अरु नेता भन्दा ओली नै यति बेला चर्चामा भएको उनले बताए । उनले ओलीमा स्पष्ट बोल्ने कला र अडान भएको नेता बताए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब समाजवादीका अध्यक्ष माधब नेपाल देखि भिम रावल सम्मका नेताहरुलाई ठाउँ दिने गरी एकिकरण अभियानमा लाग्न उनले सुझाव समेत दिए ।

एमाले र समाजवादी पार्टी आगामी निर्वाचनमा एक्ला एक्लै चुनाव लडे परिणाम अरु पाटीको हातमा जाने ठोकुवा गरे । उनले भने, ‘अब एमाले र समाजवादी पाटी बीच एकता हुनु पर्छ । यदि निर्वाचन अघि एकता हुन नसके दुवै पार्टीलाई घाटा हुन्छ ।” उनले समय छदै दुवै पाटी मिल्नु पर्ने बताए । उनले भने, ‘लोकतन्त्रमा ठूला पाटी बिभाजन हुनु भनेको लोकतन्त्र कमजोर हुनु हो । यसमा लोकतन्त्रवादी दलहरु सचेत हुनु पर्छ । बिगतका इतिहासवाट पाठ सिकेर राजनीतिक दलहरु अघि बढनु पर्छ ।” बिचार, नीति र सिद्धान्त मिल्ने पाटीहरु एक ठाउँ हुनु पर्ने उनले बताए ।

  • अमेरिका खबर इडिटरियल

    America Khabar is an online news portal from San Francisco, California. We Cover all Nepalese American news from America and beyond.

    Related Posts

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    ६ पुष ,काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८१/०८२ को पहिलो ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारततर्फ निकासी भएको जनाएको छ । चालू आवको साउन,…

    Read more

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    काठमाडौं । छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो १०औं र ११औं वार्षिक साधारणसभा एकैसाथ पुष ५ गते सम्पन्न गरेको छ। काठमाडौंमा सम्पन्न साधारणसभाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदनहरु सर्वसम्मत रुपमा…

    Read more

    You Missed

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    • By
    • December 22, 2024
    • 10 views

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    • By
    • December 22, 2024
    • 12 views

    आज सुनचाँदीको मूल्य बढ्यो

    • By
    • December 22, 2024
    • 11 views

    एमालेले बोलायो सचिवालय बैठक

    • By
    • December 22, 2024
    • 9 views

    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    • By
    • December 21, 2024
    • 12 views
    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    इप्पानको रजत जयन्ती ‘लिडिङ दि ईनर्जी प्रस्पोरेटी’ सम्मेलनसहित भव्य रूपमा मनाइने

    • By
    • December 20, 2024
    • 16 views