६ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा माछापुच्छ्रे बैंकले २५ लाख रुपैयाँ सहायता स्वरुप प्रदान गरेको छ । बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितहरूलाई सहयोग पुगोस् भन्ने उद्देश्यले बैंकले सो सहयोग गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैंकका अध्यक्ष रोशन केसीले आइतबार २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
उक्त कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत तथा बैंक व्यवस्थापनका उच्च पदस्थ पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
The post प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा माछापुच्छ्रे बैंकद्वारा २५ लाख सहयोग first appeared on Khabar Breaking.