प्रधानमन्त्री ओलीले पाए दुई तिहाई सांसदको विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाका दुई तिहाई सांसदबाट  विश्वासको मत पाएका छन्। आइतबार (६ साउन ) को प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले राखेका  विश्वासको मतको प्रस्तावका पक्षमा १८८ मत आएको छ।

बहुमतका लागि १३८ जना सांसदको साथ भए पुग्नेमा प्रधानमन्त्री ओलीलाई दुई तिहाई सांसदहरुको समर्थन प्राप्त भएको हो। प्रतिनिधि सभाको आइतबारको बैठकमा २६३ जना सांसद उपस्थित थिए।त्यस्तै ,प्रस्तावको विपक्षमा ७४ मत आएको र मत दिन्न भन्नेमा १ मत आएको सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकमा सुनाएका छन्।

नेकपा (एमाले) का अध्यक्ष ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। सोहीअनुसार प्रधानमन्त्री ओलीले आइतबार विश्वास मत लिएका हुन्।

प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतको प्रस्तावका पक्षमा नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदहरूले मत दिए।

प्रधानमन्त्रीले राखेको विश्वास मतको प्रस्तावका विपक्षमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत उभिएका छन्।

यसअघि गत असार १७ गते कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउनेलगायत ७ बुँदे सहमति भएको थियो। जसअनुसार पहिलो दुई वर्ष ओली र चुनाव गराउने गरी पछिल्लो डेढ वर्ष कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति छ।

The post प्रधानमन्त्री ओलीले पाए दुई तिहाई सांसदको विश्वासको मत first appeared on Khabar Breaking.

  • Related Posts

    राप्रपा नेपालले आगामी मंसिरमा महाधिवेशन गर्ने

        २० पुष, काठमाडौँ । राप्रपा नेपालले आगामी मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको छ । आज शनिबार अध्यक्ष कमल थापाको अध्यक्षतामा सम्पन्न केन्द्रीय समिति बैठकले २०८२ मंसिर १३, १४…

    Read more

    ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवका अवसरमा वृहत् रक्तदान कार्यक्रम आयोजना, ७५७ व्यक्तिद्वारा रक्तदान

    ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवका अवसरमा वृहत् रक्तदान कार्यक्रम आयोजना, ७५७ व्यक्तिद्वारा रक्तदान   १९ पुष, काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको…

    Read more

    Leave a Reply

    You Missed

    राप्रपा नेपालले आगामी मंसिरमा महाधिवेशन गर्ने

    • By
    • January 4, 2025
    • 8 views

    ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवका अवसरमा वृहत् रक्तदान कार्यक्रम आयोजना, ७५७ व्यक्तिद्वारा रक्तदान

    • By
    • January 3, 2025
    • 10 views

    ६ संसदीय समितिको बैठक बस्दै

    • By
    • January 3, 2025
    • 8 views

    मुगु, सिन्धुपाल्चोक र बैतडीमा भूकम्प

    • By
    • January 3, 2025
    • 9 views

    ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सव, सुरक्षित डिजिटल बैंकिङ्ग सेवा विस्तार गर्न अध्यक्ष ढकालको जोड

    • By
    • January 2, 2025
    • 13 views

    ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सवको अवसरमा फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई विषेश उपहार योजना

    • By
    • January 2, 2025
    • 12 views