पोखरीमा डुबेको कारबाट दुई जनाको शव निकालियो

२० कार्तिक, काठमाडौँ । पोखरीमा डुबेको कारबाट दुई जनाको शव निकालिएको छ। ईश्वरपुर नगरपालिका वडा नम्बर २ मियाखोर स्थित पोखरीमा बयलबासबाट महोत्तरीको गौशालातर्फ जाँदै गरेको लु २ च ६७५८ नम्बरको कार मंगलबार बिहान पोखरीमा डुबेको थियो।

त्यसमा सवार तीन जनामध्ये महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर २ बस्ने अन्दाजी ३१ वर्षीय जनक यादव सकुशल निस्किएका थिए। गौशाला नगरपालिका–१० का अन्दाजी ३७–३८ वर्षीय कार चालक सुरेश महतो र सोनवा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुर मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। कार अनियन्त्रित भएर सडक छेउमा रहेको सरस्वती उच्च माध्यामिक विद्यालयको पोखरीमा गएर डुबेको स्थानीयले बताएका थिए।

The post पोखरीमा डुबेको कारबाट दुई जनाको शव निकालियो first appeared on Khabar Breaking.

  • Related Posts

    नेपाल पुनर्बीमा कम्पनीको ११औँ वार्षिकोत्सब; २०अर्बको चुक्ता पूँजीसहित प्रतिस्पर्धामा जान अध्यक्ष सिलवालको निर्देशन

    नेपाल पुनर्बीमा कम्पनीले आफ्नो  ११औँ वार्षिकोत्सब मनाएको छ । नेपालको पहिलो पुनर्बीमा कम्पनीको रूपमा स्थापित नेपाल पुनर्बीमा कम्पनी स्थापनाको १० वर्ष पुरा गरी कात्तिक २१ गतेदेखि ११औँ वर्षमा प्रवेश गरेको…

    Read more

    प्रधानमन्त्रीको चीन भ्रमणमा दीर्घकालीन प्रभाव र राष्ट्रिय स्वाधीनतामा ध्यान दिनुपर्छ : राष्ट्रिय एकता अभियान

    २१ कार्तिक ,काठमाडौं।   प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा दुई देश बीचको सम्बन्धमा सन्तुलित दृष्टिकोण राख्नु अत्यन्त महत्त्वपूर्ण हुनेमा  ‘राष्ट्रिय एकता अभियान’ ले जोड दिएको छ। प्रधानमन्त्रीको यो…

    Read more

    Leave a Reply

    You Missed

    नेपाल पुनर्बीमा कम्पनीको ११औँ वार्षिकोत्सब; २०अर्बको चुक्ता पूँजीसहित प्रतिस्पर्धामा जान अध्यक्ष सिलवालको निर्देशन

    • By
    • November 7, 2024
    • 0 views

    प्रधानमन्त्रीको चीन भ्रमणमा दीर्घकालीन प्रभाव र राष्ट्रिय स्वाधीनतामा ध्यान दिनुपर्छ : राष्ट्रिय एकता अभियान

    • By
    • November 6, 2024
    • 10 views

    अनुमतिबिना जापान जाने कानुनमन्त्रीको राजीनामा

    • By
    • November 6, 2024
    • 13 views

    अमेरिकी राष्ट्रपतिको निर्वाचन: प्रारम्भिक मतपरिणाममा ट्रम्प अगाडि

    • By
    • November 6, 2024
    • 10 views

    Profile and Interviews: Toy Blast – 3Damy-3dangers-brick 50s P

    महासंघ अध्यक्ष ढकाल इन्डोनेसिया सरकारबाट सम्मानित

    • By
    • November 5, 2024
    • 11 views