पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उपेन्द्र यादव यसो भन्छन्

 

 

सप्तरी ९ चैत । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले जिल्लाका नेताहरुको योग्यता र क्षमता प्रदर्शन गर्ने बेला आएको बताएका छन् । स्थानीय तहको निर्वाचनमा जिल्लाका नेताका योग्यता र क्षमता प्रष्टफुटित हुने उनले बताए ।

राजविराजमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले निर्वाचनमा टिकट दिने र जिताउने जिम्मेवारी जिल्लाकै नेताको रहेको बताए । उनले भने, ‘योग्य, सक्षम र इमान्दारको खोजी गरी टिकट दिएर जिताउनु पनि जिल्लाकै नेताको जिम्मेवारी हो ।’

उम्मेदवार छनौटमा गडबडी भए पुनः माथिबाटै हेर्नुपर्ने भन्दै उनले यस्तो अवस्था आउन दिन नहुने बताए । गाउँ गाउँ गएर जनतासँग कुरा गरी उम्मेदवार छनौट गर्न उनले सुझाव दिए ।

‘हरेकका जन्मकुण्डली जनतालाई थाहा छ’ उनले भने, ‘स्थानीय तहको विकास गर्न सक्ने क्षमतावान र लोकप्रिय व्यक्ति जोसुकै भए टिकट दिनुस् र जिताउनुस् ।’

आफूसँग धेरै मान्छे टिकट माग्न आइरहेको भन्दै यादवले आफूले त्यो अधिकार आफूलाई नभएको सुनाइरहेको बताए । ‘टिकट दिने अधिकार जिल्लालाई नै छ, जिताउने काम पनि जिल्लाले नै गर्नुपर्छ।’ उनले भने ।

 

  • Related Posts

    एमालेले आज काठमाडौंमा जागरणसभा आयोजना गर्दैै

    ७ मङ्सिर, काठमाडौँ । आज नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राष्ट्रिय सद्भाव कायम गर्न दरबारमार्गमा जागरणसभा आयोजना गर्दैछ । आज बिहान ११ बजे भद्रकालीबाट सुरु हुने –याली दरबारमार्ग पुगेर सभामा…

    Read more

    पत्रकार रिसव गौतमको नयाँ पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा

    ७ मङ्सिर, काठमाडौँ । आर्थिक लेखक, विश्लेषक तथा पत्रकार रिसव गौतमको नयाँ पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा आएको छ । लेखकका अनुसार सैद्धान्तिक भन्दा पनि अर्थतन्त्रका विविध विषयगत क्षेत्रहरूमा पुस्तक केन्द्रित…

    Read more

    You Missed

    एमालेले आज काठमाडौंमा जागरणसभा आयोजना गर्दैै

    • By
    • November 22, 2024
    • 1 views

    पत्रकार रिसव गौतमको नयाँ पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा

    • By
    • November 22, 2024
    • 1 views

    Profile and Interviews: Papa ko dekh kar dar gaye 😱🤣#shorts

    Profile and Interviews: How to keep the spark in your relationship 🥰#shorts #couplegoals VS my dother #funny #viral

    Profile and Interviews: Sad Cat ❤️🐈😢 #cats #cat #sad

    Profile and Interviews: Kaisa Lga Himanshi Ka Dance