पार्टीस्तरीय भेलामा माधब नेपाल बोलेको कुरा बन्यो भाइरल !

 

 

सुनसरी, २१ मंसिर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले केपी शर्मा ओलीले नेकपा (एमाले)लाई नारायणी नदीमा तिलाञ्जली दिइसकेको बताएका छन् । सोमबार (आज) सुनसरीको इटहरीमा आयोजित प्रदेश १ को पार्टीस्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले एमालेका अध्यक्ष ओलीको पार्टी समाप्त भइसकेको जिकिर गरेका हुन् ।

यसका साथै अध्यक्ष नेपालले एमालेभित्र पार्टीको झण्डा बाँदरले बोक्नुपर्ने दिन आउने भन्दै ‘ओली एण्ड कम्पनी’को दिन सकिएको बताए । त्यस्तै पार्टीको झण्डा उठाउन मजदुर किसान नचाहिने भएकाले गैंडालाई थमाइएको भन्दै उनले व्यंग्य समेत गरेका थिए ।

एमालेभन्दा आफ्नो पार्टी नेकपा (एस) देशभर मजबुत बन्दै गएको दाबी गर्दै उनले सत्ता गठबन्धन दलहरूको अगाडि ओलीको केही नलाग्ने बताए ।

अध्यक्ष नेपालले भनेका छन्, ‘त्यो जमात अब क्रान्तिकारी रहेन । कम्युनिस्ट चरित्रलाई कायम राख्न सकेन । माक्र्सवादको मूल्य र मान्यतासँगै जनताको बहुदलीय मूल्य र मान्यतालाई तिलाञ्जली दिएको छ । त्यो नारायणी नदीमा बगाइदिसकेको छ ।’

  • Related Posts

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    ६ पुष ,काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८१/०८२ को पहिलो ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारततर्फ निकासी भएको जनाएको छ । चालू आवको साउन,…

    Read more

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    काठमाडौं । छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो १०औं र ११औं वार्षिक साधारणसभा एकैसाथ पुष ५ गते सम्पन्न गरेको छ। काठमाडौंमा सम्पन्न साधारणसभाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदनहरु सर्वसम्मत रुपमा…

    Read more

    You Missed

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    • By
    • December 22, 2024
    • 8 views

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    • By
    • December 22, 2024
    • 11 views

    आज सुनचाँदीको मूल्य बढ्यो

    • By
    • December 22, 2024
    • 10 views

    एमालेले बोलायो सचिवालय बैठक

    • By
    • December 22, 2024
    • 8 views

    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    • By
    • December 21, 2024
    • 12 views
    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    इप्पानको रजत जयन्ती ‘लिडिङ दि ईनर्जी प्रस्पोरेटी’ सम्मेलनसहित भव्य रूपमा मनाइने

    • By
    • December 20, 2024
    • 15 views