पहिलो चौमासको पुँजीगत खर्च १० प्रतिशत मात्रै

२ मंसिर , काठमाडौं । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिक विकास खर्च निकै कम देखिएको छ।  कात्तिक मसान्तसम्ममा पुँजीगत खर्च करिब १० प्रतिशत मात्रै छ।

चालु आर्थिक वर्षका लागि सरकारले कुल रु १८ खर्ब ६० अर्ब ३० अर्ब ३० करोड बराबरको बजेट ल्याएको थियो । कात्तिक मसान्तसम्ममा २२ दशमलव ३१ प्रतिशत अर्थात रु चार खर्ब १५ अर्ब दुई करोड खर्च भएको छ ।

सरकारको चालुतर्फको बजेट खर्च वार्षिक लक्ष्यको २५ दशमलव ६५ प्रतिशत छ । चालुगत शीर्षकमा रु ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख बजेट विनियोजन भएकामा कात्तिक मसान्तसम्ममा रु दुई खर्ब ९२ अर्ब ५२ करोड ६७ लाख बराबर खर्च भएको छ ।

पुँजीगत शीर्षकका रु तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख बराबर विनियोजन भएकामा नौ दशमलव आठ प्रतिशत अर्थात् रु ३४ अर्ब ५३ करोड १० लाख बराबर खर्च भएको छ । वित्तीय व्यवस्था शीर्षकमा चालु आर्थिक वर्षका लागि रु तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख बराबर विनियोजन भएकामा पहिलो चौमासिकमा रु ८९ अर्ब ९६ करोड २४ लाख बराबर खर्च भएको छ ।

कात्तिक मसान्तसम्मको राजस्व सङ्कलन वार्षिक लक्ष्यको २२ दशमलव ३६ प्रतिशत बराबर छ । चालु आर्थिक वर्षका लागि सरकारले कुल रु १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकामा हालसम्म रु तीन खर्ब २९ अर्ब एक करोड ५५ लाख बराबर खर्च भएको छ । सरकारले चालु आर्थिक वर्षका लागि रु ५२ अर्ब ३२ करोड ६५ लाख बराबर वैदेशिक अनुदान उठाउने लक्ष्य राखिएकामा हालसम्मको प्रगति शून्य छ ।

(- रासस)

The post पहिलो चौमासको पुँजीगत खर्च १० प्रतिशत मात्रै first appeared on Khabar Breaking.

  • Related Posts

    नगर विकास कोषको कार्यकारी निर्देशकको अन्तरवार्ता भोली हुने

    ६ मंसिर, काठमाडौं । नगर विकास कोषको कार्यकारी निर्देशकको अन्तरवार्ता शुक्रवार हुने भएको छ । कोषले आज एक सूचना जारी गर्दै सो जनकारी दिएको हो । अन्तरवार्ता भोलि ९शुक्रवार० बिहान…

    Read more

    नेपाल-भारत सैन्य हित सम्बन्धि वार्ता आज

    ६ मंसिर , काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा बुधबार काठमाडौं आइपुगेका भारतीय स्थल सेनाका प्रमुख उपेन्द्र द्विवेदीसंग नेपाल र भारतका  सैनिकिबच पारस्परिक साझेदारी तथा हितमा केन्द्रित रहेर आज द्विदेशीय…

    Read more

    Leave a Reply

    You Missed

    Profile and Interviews: Papa ko dekh kar dar gaye 😱🤣#shorts

    Profile and Interviews: How to keep the spark in your relationship 🥰#shorts #couplegoals VS my dother #funny #viral

    Profile and Interviews: Sad Cat ❤️🐈😢 #cats #cat #sad

    Profile and Interviews: Kaisa Lga Himanshi Ka Dance

    Profile and Interviews: محديش يزعل الاطفال || 🥹💔 ،#shorts

    नगर विकास कोषको कार्यकारी निर्देशकको अन्तरवार्ता भोली हुने

    • By
    • November 21, 2024
    • 2 views