पत्रकार महासंघको निर्वाचन: अध्यक्ष पदमा पाँच जनाको उम्मेदवारी

काठमाडौँ । नेपाल पत्रकार महासंघको यही मंसिर २८ गते हुने निर्वाचनका लागि शुक्रबार (२१ मंसिर ) मनोनयन दर्ता भएको छ ।जसअन्तर्गत अध्यक्ष पदमा पाँच जनाले मनोनयन दर्ता गराएका छन् ।

यस्तै वरिष्ठ उपाध्यक्षमा चार जनाले मनोनयन दर्ता गराएका छन् भने महिला उपाध्यक्षमा दुई र समावेशी उपाध्यक्षमा तीन जनाले मनोनयन दर्ता गराएका छन् ।

यस्तै महासचिवमा चार, खुला सचिवमा सात, महिला सचिवमा तीन र आदिवासी जनजाति सचिवमा तीन जनाले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।

 

नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालका साझा उम्मेदवार:

पत्रकार महासंघको निर्वाचनका लागि निर्मला शर्माको नेतृत्वमा  प्यानल घोषणा गरिएको छ । काठमाडौँमा एक कार्यक्रमबीच आइतबार शर्माको नेतृत्वमा  प्यानल घोषणा गरिएको हो । शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालका साझा उम्मेदवार हुन् ।

शर्माको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, महिला उपाध्यक्षमा नितु पण्डित, समावेशी उपाध्यक्षमा उमिदप्रसाद बागचन्द र महासचिवमा रामप्रसाद दाहालले उम्मेदवारी दिएका छन् ।

यस्तै, खुल्ला सचिवमा रमेश खतिवडा, महिला सचिवमा सोनी शर्मा, आदिवासी जनजाति सचिवमा सविन प्रियासन, मधेसी सचिवमा अशोककुमार तिवारी, दलित सचिवमा प्रकाश धौलाकोटी, एसोसिएट सचिवमा बैकुण्ठराज पराजुली र कोषाध्यक्षमा रामकृष्ण ज्ञवालीले उम्मेदवारी दिएका हुन् ।

अध्यक्ष पदका उम्मेदवार शर्माले नेपाली पत्रकारिता र मिडिया उद्योगले भोगिरहेका समस्या समाधान गर्दै पत्रकारिताको बृहत्तर हित र विकासका लागि नीतिगत नेतृत्व तथा व्यावहारिक सक्रियताका साथ महासंघको समग्र दायित्व पूरा गर्ने प्रतिबद्धतासमेत जनाएकी छन् ।

 

रमेश विष्टलाई  माओवादीनिकट प्रेस सेन्टरको साथ:

2718b53498b5c20c0cecb563efb0fd2b1733653506 AMERICA KHABAR December 9, 2024

महासंघको आसन्न निर्वाचनमा सत्तारुढ कांग्रेस – एमालेनिकट पत्रकारहरुको प्यानलविरुद्ध अर्को गठबन्धन बनाएर उत्रिएका माओवादीनिकट प्रेस संगठनले कांग्रेसको विद्रोही समूहलाई साथ दिने भएको छ ।

कांग्रेसनिकट प्रेस युनियनले एमालेनिकट प्रेस चौतारीसँग सहकार्य गरेपछि पार्टी सभापति शेरवहादुर देउवा पक्षधर मानिने हालका बरिष्ठ उपाध्यक्ष रमेश विष्टले अध्यक्षमा उम्मेदवारी दिएका छन् । उनलाई माओवादी,नेकपा एसलगायत साना संगठनहरुले समर्थन गरेका छन् । प्रेस सेन्टरका अध्यक्ष उम्मेदवार कमल गिरीलाई ‘ब्याक गराएर’ विष्टको नेतृत्वमा चुनावमा जान लागेको सो संगठनका नेताहरुले बताएका छन् ।

श्रमजिवी पत्रकारहरुको साझा प्यानल नाम दिइएको उक्त विद्रोही प्यानलको अध्यक्षमा रमेश विष्ट छन् भने वरिष्ठ उपाध्यक्षमा माओवादीनिकट प्रेस सेन्टरबाट हालका महासचिव रोशन पुरीले उम्मेदवारी दिएका छन् ।

सो प्यानलको महिला उपाध्यक्षमा गंगा बराल,समावेशी उपाध्यक्षमा सुभास प्रसाद साह छन् । बराल माओवादीनिकट हुन् भने साह नेकपा एसनिकट समाजवादी प्रेस संगठनका हुन् ।

त्यस्तै महासचिवमा लेखनाथ न्यौपाने र खुला सचिवमा उत्तरसिंह विष्टको नाम सो समूहको सूचीमा राखिएको छ । महिला सचिव सरिता बराईली,एशोसियट सचिव विकास कार्की, दलित सचिव वसन्त विक,मधेशी सचिव श्रीजन झा र आदिवासी जनजाति सचिवमा भिष्ण राई तय भएका छन् । सो समूहको कोषाध्यक्ष उम्मेदवार रामकृष्ण अधिकारी र लेखा संयोजकमा धुर्व रावलको नाम तय भएको छ ।

The post पत्रकार महासंघको निर्वाचन: अध्यक्ष पदमा पाँच जनाको उम्मेदवारी first appeared on Khabar Breaking.

  • Related Posts

    नेपाल बैंकर्स संघको अध्यक्षमा कोइराला निर्विरोध

    २पुष, काठमाडौँ । नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध हुनु भएको छ । वाणिज्य बैंकहरुको प्रमुख कार्यकारी अधिकृतको संस्थाको रूपमा रहेको संघमा आगामी कार्यकालको लागि अध्यक्षमा कोइरालाको एकल उम्मेदवारी…

    Read more

    आज तीन वटा संसदीय समितिको बैठक बस्दै

    २ पुष,काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ ।  बिहान साढे ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा…

    Read more

    Leave a Reply

    You Missed

    नेपाल बैंकर्स संघको अध्यक्षमा कोइराला निर्विरोध

    • By
    • December 17, 2024
    • 14 views

    आज तीन वटा संसदीय समितिको बैठक बस्दै

    • By
    • December 17, 2024
    • 12 views

    राष्ट्रिय वाणिज्य साकोसमा नयाँ संचालक समितिको चयन; सदस्यहरुलाई १०% लाभांश प्रदान

    • By
    • December 17, 2024
    • 12 views
    राष्ट्रिय वाणिज्य साकोसमा नयाँ संचालक समितिको चयन; सदस्यहरुलाई १०% लाभांश प्रदान

    सोलुखुम्बुको सोताङ गाउँपालिकामा काङ्ग्रेसको जागरण अभियान

    • By
    • December 16, 2024
    • 8 views
    सोलुखुम्बुको सोताङ गाउँपालिकामा काङ्ग्रेसको जागरण अभियान

    अर्थमन्त्री थाइल्याण्ड प्रस्थान

    • By
    • December 16, 2024
    • 11 views

    Profile and Interviews: रात्रि 1:30 महाराज जी के दुर्लभ दर्शन 🥰।। मेरो वृंदावन धाम 🙏।।#viral #premmandirvrindavan