नेपाल र भियतनामबीच पर्यटक आदनप्रदान गर्न दुई चार्टर उडान हुँदै

२८ साउन, काठमाडौं । नेपाल र भियतनामबीच पर्यटक आदनप्रदान गर्न दुई चार्टर उडान हुने भएको छ । काठमाडौंको हात्तीसारस्थित रुप्से होलिडेजले भियतनामसँग पर्यटक आदनप्रदान गर्न थप दुईवटा चार्टर उडान हुने भएको बताएको हो ।

नेपाल र भियतनामबीच पर्यटक आदनप्रदान गर्न यसअघि पनि पटकपटक चार्टर उडान हुँदै आएको कम्पनीले जनाएको छ । अब दसैँलगत्तै थप दुई चार्टर उडान हुन लागेको रुप्से होलिडेजले जनाएको छ ।

कम्पनीका अनुसार आउँदो असोज ३० गते नेपालबाट भियतनाम र भियतनामबाट नेपाल पर्यटक आदनप्रदान गर्न चार्टर उडान हुने छ ।

भियतनामबाट नेपाल आउने भियतनामी पर्यटकलाई भक्तपुर, नगरकोट, काठमाडौं दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, स्वयम्भू र बौद्धनाथको दर्शन गराउने गरी कार्यक्रम तय भएको छ ।

त्यसैगरी, नेपालबाट भियतनाम घुम्न जाने पर्यटकका लागि पाँच दिनको टुर प्याकेज तयार गरिएको छ । भियतनामको राजधानी हानोई आसपासका पर्यटकीय गन्तव्यमा नेपाली पर्यटकलाई घुमाइने गरी तयारी भएको छ । नेपाल र भियतनामबीच सिधा उडान नहुने भएकाले चार्टर उडानमार्फत भ्रमण गराउन लागिएको कम्पनीले जनाएको छ ।

अन्य देश भएर भियतनाम जानु पर्दा धेरै खर्च हुने भएकाले चार्टर उडान गर्न लागिएको र दुवै देशबाट पर्यटक आउने र जाने भएकाले उडानको खर्च कम हुँदा टुर प्याकेज पनि सस्तो कायम गरिएको कम्पनीको भनाइ छ ।

भियतनाम भ्रमणका लागि सबै शुल्क जोडेर एक लाख ९ हजार ९९९ रुपैयाँको प्याकेज रहेको छ । यो भ्रमण शुल्क मासिक पाँच हजारको किस्ताबन्दीमा समेत रहेको कम्पनीले जनाएको छ । जसमा १२ महिना, १८ महिना वा २४ महिनाको मासिक किस्ताबन्दी सुविधा छ ।

उक्त मूल्यमा भियतनामको दुईतर्फी हवाई टिकट, भिसा लेटर, एयरपोर्टबाट पिकअप तथा ड्रप, ब्रेकफास्टसहित होटेलको कोठा, स्थानीय टुरका लागि हुने खर्च, गाइड तथा यातायातको खर्च समावेश गरिएको रुप्से होलिडेजले जनाएको छ ।

भियतनाम टुरका क्रममा नेपाली पर्यटकलाई भियतनामको राजधानी हानोई आसपासका विभिन्न पर्यटकीय गन्तव्यमा घुमाइने बताइएको छ । पहिलो दिन हानोई पुगेर यहाँ थ्री स्टार होटलमा राखिनेछ । दोस्रो दिन उत्कृष्ट पर्यटकीय गन्तव्य निन बिन टापुमा भ्रमण गराउने कम्पनीको भनाइ छ ।

भ्रमणको तेस्रो दिन अर्को उत्कृष्ट गन्तव्य हा लोङ बेुमा क्रुज सफारी हुने छ । भ्रमणको चौथो दिन ट्रेनस्ट्रिट भिजिट र हानोईको सिटी टुर गराई पाँचौँ दिन नेपाल फर्काइने कम्पनीले जनाएको छ ।

The post नेपाल र भियतनामबीच पर्यटक आदनप्रदान गर्न दुई चार्टर उडान हुँदै first appeared on Khabar Breaking.

  • Related Posts

    पन्चकन्या आधारभूत स्कुलका बालबालिकालाई शैक्षिक सामग्री स्कुल झोलालगायतका सामाग्री वितरण

      १२ पुष, सिन्धुपाल्चोक । रत्न छत्र हिमालय फाउन्डेसनको सहकार्यमा लायन्स क्लब अफ केटीएम फेलोशिप,लायन्स क्लब अफ केटीएम देवालय डिस्ट्रिक्ट ३२५ एफ सहयोगमा सिन्धुपाल्चोक पाँचपोखरी गा पा लागर्चे ८ स्थित…

    Read more

    लिपुलेकबारे भारत-चीन सहमतिमा सरकारको धारणा: नेपाललाई कुनै प्रभाव पर्दैन

    १२ पुष , काठमाडौं । नेपाल सरकारले भारत र चीनले नेपाली भूभाग लिपुलेकलाई तीर्थ यात्रु आवतजावतको केन्द्र बनाउने सहमति गरेकोप्रति कुनै आपत्ति जनाउनुपर्ने अवस्था नरहेको बताएको छ। मंगलबार (११ पुष…

    Read more

    Leave a Reply

    You Missed

    पन्चकन्या आधारभूत स्कुलका बालबालिकालाई शैक्षिक सामग्री स्कुल झोलालगायतका सामाग्री वितरण

    • By
    • December 27, 2024
    • 0 views

    लिपुलेकबारे भारत-चीन सहमतिमा सरकारको धारणा: नेपाललाई कुनै प्रभाव पर्दैन

    • By
    • December 27, 2024
    • 9 views

    फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको ९.४७% लाभांश र वित्तीय प्रतिवेदन सर्वसम्मतले पारित

    • By
    • December 27, 2024
    • 9 views
    फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको ९.४७% लाभांश र वित्तीय प्रतिवेदन सर्वसम्मतले पारित

    ४९ अर्ब बढीको आइपिओ निष्कासन गर्न ८० कम्पनीहरु पाइपलाइनमा

    • By
    • December 26, 2024
    • 10 views

    रोयल बहुउद्देश्यीय सहकारी संस्थाको २७औं साधारणसभा सम्पन्न; कृषि श्रोत केन्द्रदेखि लघुवित्तसम्म विश्वसनीय सेवाको प्रतिबद्धता

    • By
    • December 26, 2024
    • 10 views

    गरिमा म्युचुअल फण्डको “गरिमा समृद्घि योजना” मा आवेदन दिने आज अन्तिम दिन

    • By
    • December 26, 2024
    • 10 views