२पुष, काठमाडौँ । नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध हुनु भएको छ । वाणिज्य बैंकहरुको प्रमुख कार्यकारी अधिकृतको संस्थाको रूपमा रहेको संघमा आगामी कार्यकालको लागि अध्यक्षमा कोइरालाको एकल उम्मेदवारी परेको हो ।
त्यस्तै, संघको उपाध्यक्षमा ग्लोबल आईएमई बैंकका सुरेन्द्र रेग्मी चयन हुनु भएको छ ।
संघमा अध्यक्ष, उपाध्यक्ष र आठजना सदस्य रहने व्यवस्था छ । बहालवाला पछिल्लो पूर्व अध्यक्षलाई निवर्तमान अध्यक्षको हैसियतमा अध्यक्षपछिको दोस्रो वरियताक्रममा राख्ने गरिएको छ । यसपटकको साधारणसभाबाट अध्यक्षमा कोइराला नियुक्त हुने भएसँगै उक्त पद खाली हुन लागेको हो । सो पदमा सुरेन्द्र रेग्मी चयन हुनु भएको हो ।
त्यस्तै, नेपाल एसबीआई बैंकका दीपकुमार डे पनि बिदा हुँदैहुनुहुन्छ। त्यसबाहेक एक सदस्य अहिले खाली छ । उक्त ठाउँमा नेपाल बैंकका तिलकराज पाण्डे र कुमारी बैंकका रामचन्द्र खनाल निर्विरोध हुनु भएको छ ।
अहिले संघका सदस्य रहेका प्रभु बैंकका अशोक शेरचन, सानिमा बैंकका निश्चलराज पाण्डे, प्राइम बैंकका सञ्जीव मानन्धर, एभरेस्ट बैंकका सुदेश खालिङ, सिद्धार्थ बैंकका सुन्दर प्रसाद कँडेल हिमालयन बैंकका अशोक राणा कायमै रहनुहुने छ ।
उम्मेदवारीका लागि आजसम्म मनोनयन दर्ता गर्ने समय थियो । संघको साधारणसभा बुधबार हुँदैछ ।
The post नेपाल बैंकर्स संघको अध्यक्षमा कोइराला निर्विरोध first appeared on Khabar Breaking.