नेपाल आँखा अस्पतालको २०औँ वार्षिक साधारणसभामा सम्पन्न

काठमाडौं । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले अस्पतालको २०औँ वार्षिक साधारणसभामा सम्पन्न गर्दै चालु आर्थिक वर्षमा दुई लाख सेवाग्राहीलाई सेवा प्रदान गराउने लक्ष्य रहेको जनाएको छ । गत वर्ष अस्पतालले एक लाख ६२ हजार बिरामीलाई सेवा उपलब्ध गराएकोमा  यस वर्ष  करिब ४० हजारभन्दा बढीलाई सेवा प्रवाह गर्ने लक्ष्य लिएको हो ।

यही मंसिर २२ गते आयोजित  अस्पतालको २०औँ वार्षिक साधारणसभामा अस्पतालले गत आवमा १० हजारको आँखाको विभिन्न खाले शल्यक्रिया गरेकामा चालु आवमा बढाएर १५ हजार पुर्याउने लक्ष्य लिइएको जानकारी दिइयो । गत वर्ष अस्पतालले सात सय ६० जनालाई निःशुल्क उपचार सेवा उपलब्ध गराएको थियो भने ८० वर्षमाथि उमेरका ज्येष्ठ नागरिकलाई उपचार सेवामा लाग्ने शुल्कमा २५ प्रतिशत छुट दिँदै आएको छ । त्यसअवसरमा अस्पताल सञ्चालक समितिका कोषाध्यक्ष डा अनिलप्रसाद गोर्खालीले वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै गत आवमा रु तीन करोड, तीन लाख ७५ हजार रकम बचत गर्न सफल भएको जानकारी दिए ।

आँखाका बिरामीलाई सरल, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने सिलसिलामा  निकट भविष्यमै अस्पतालले बिमा प्रणालीलाई समावेश गर्ने तथा विधान संशोधनसम्बन्धी कार्य तीन महिनाभित्रै पूरा गरिने अस्पताल सञ्चालक समितिका अध्यक्ष डा गोपालप्रसाद पोखरेलले जानकारी दिए ।

साधारणसभाले अस्पतालका सचिव युद्धध्वज सापकोटाद्वारा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रमसम्बन्धी प्रतिवेदनलाई अनुमोदन गरेको छ । स्थापनाको ५१औँ वर्षमा रहेको अस्पताले विशेषज्ञसहित एक सय २६ कर्मचारीमार्फत आँखासम्बन्धी सम्पूर्ण गुणस्तरीय सेवा प्रदान गर्दैआएको छ । अस्पतालले निजी क्षेत्रबाट चश्मा बिक्रीमा हुन सक्ने मूल्य वृद्धिलाई रोकी बजार मूल्य नियन्त्रण गर्न चश्मा पसल सञ्चालन गर्दै आएको छ ।

कार्यक्रममा  युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आँखामा रोग लागेपछि उपचारभन्दा रोग लाग्नै नदिन अपनाउन पर्ने सचेतना महत्वपूर्ण हुने धारणा व्यक्त गर्दै  नेपाल आँखा अस्पतालले सेवा प्रवाह र गुणस्तरमा धेरै सुधार ल्याएको भनी प्रशंसा गरे ।

The post नेपाल आँखा अस्पतालको २०औँ वार्षिक साधारणसभामा सम्पन्न first appeared on Khabar Breaking.

  • Related Posts

    नेप्सेमा छायो स्थिरता

    २१ पुष , काठमाडौं । केहि दिन देखि धितोपत्र बजार (नेप्से ) मा  स्थिरता कायम भएको छ। आज साताको पहिलो कारोबार दिन अर्थात् आइतबार पनि नेप्से परिसूचक सामान्य अंकले बढेको…

    Read more

    गोरेटो बहुउद्देश्यीय सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न; कृष्ण ब. केसीको अध्यक्षतामा नयाँ संचालक समिति निर्वाचित

    काठमाडौं । धुम्बाराहीस्थित गोरेटो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। यही पुष १३ गते शनिबार सम्पन्न भएको संस्थाको साधारणसभाले कृष्ण बहादुर केसीको अध्यक्षतामा नयाँ संचालक समितिले…

    Read more

    Leave a Reply

    You Missed

    नेप्सेमा छायो स्थिरता

    • By
    • January 5, 2025
    • 0 views

    गोरेटो बहुउद्देश्यीय सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न; कृष्ण ब. केसीको अध्यक्षतामा नयाँ संचालक समिति निर्वाचित

    • By
    • January 5, 2025
    • 0 views

    नेपाल राष्ट्रिय व्यवसायी महासंघमा मनोजबाबु श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति

    • By
    • January 5, 2025
    • 6 views

    मकर जितुमाया सुरी हाइड्रोपावरको १६औं साधारणसभाबाट वार्षिक तथा वित्तीय प्रतिवेदन सर्वसम्मतले पारित

    • By
    • January 5, 2025
    • 6 views

    काठमाडौंमा पहिलो पटक ‘चाइना फिल्म डे’ आयोजना हुने

    • By
    • January 5, 2025
    • 7 views

    नवौँ निर्यात दिवस- २०८१: निर्यात प्रवर्द्धनमा सरकार सहजीकरणमा जोड

    • By
    • January 5, 2025
    • 7 views
    नवौँ निर्यात दिवस- २०८१: निर्यात प्रवर्द्धनमा सरकार सहजीकरणमा जोड