नेपाली बजारमा नयाँ बजाज पल्सर एनएस २०० को बिक्री वितरण सुरु

२ असोज, काठमाडौं । बजाज मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले नेपाली बजारमा नयाँ बजाज पल्सर एनएस २०० को बिक्री वितरण सुरु गरेको छ । पहिले नै नेपाली युवाहरुको ढुकढुकीमा बस्न सफल बजाज पल्सर एनएस २०० अब ब्लुटुथ कनेक्सन र नेभिगेसन सहितको पूर्ण डिजिटल कन्सोलको साथमा आएको छ ।
नयाँ बजाज एनएस २०० मा पावर, प्रविधि, र डिजाइनको उत्कृष्ट संयोजन रहेको छ । यसमा ट्रिपल स्पार्क फोर भल्भ इन्जिन उपलब्ध रहेको छ जसले १८ किलोवाट पावर र १८.७४ एनएम टर्क उत्पन्न गर्छ । यसमा लागि ६–स्पीड गियरबक्स र नयाँ प्रणालीको एलइडी लाइटिङ रहेको छ । यस मोटरसाइकलको मुख्य विशेषता भनेको ब्लुटुथ कनेक्टिभिटी सहितको पूर्ण–डिजिटल कन्सोल हो जसमा टर्न–बाई–टर्न नेभिगेसन, गियर पोजिसन इन्डिकेटर, डिस्ट्यान्स–टु–एम्प्टी रिडआउट, र इन्धन खपतको डेटा रहेको छ । अपसाइड–डाउन फ्रन्ट फोर्क्स र डुअल–च्यानल एबिएसले उत्कृष्ट ब्रेकिङ कन्ट्रोल प्रदान गर्दछ । स्पोर्टी डिजाइन, उन्नत इन्जिनियरिङ र उत्कृष्ट पावर–टु–वेट रेसियोले यस मोटरसाइकल जस्तोसुकै सडकमा फिट हुने कम्पनीको दाबी छ ।
यस बारे बोल्दै गोल्छा ग्रुपका निर्देशक श्री अभिमन्यु गोल्छाले भन्नुभयो, “हामी नेपाली बजारमा नयाँ बजाज पल्सर एनएस २०० सार्वजनिक गर्न पाउँदा अत्यन्तै खुशी छौं । एनएस २०० पहिले नै नेपाली राइडरहरुको मनमा बस्न सफल भइसकेको मोटरसाइकल हो । ग्राहकहरुको आवश्यकतालाई नै ध्यानमा राख्दै हामीले नयाँ प्रविधिलाई अगाल्दै पूर्ण डिजिटल कन्सोल सहितको बजाज पल्सर एनएस २०० नेपालमा भित्राएका हौं ।”
नयाँ बजाज पल्सर एनएस २०० को मुल्य रु. ४,४४,९०० रहेको छ । ग्राहकहरूले उक्त मोटरसाइकल देशभरका बजाज शोरुमबाट खरिद गर्न सक्नेछन् ।

The post नेपाली बजारमा नयाँ बजाज पल्सर एनएस २०० को बिक्री वितरण सुरु first appeared on Khabar Breaking.

  • Related Posts

    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    ६ पुष ,काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको छ । आज शनिबार भएको फाइनल खेलमा ओपनर  लाहिरु मिलन्थाको उत्कृष्ट ब्याटिङ सङ्गै जनकपुरले सुदूरपश्चिम…

    Read more

    इप्पानको रजत जयन्ती ‘लिडिङ दि ईनर्जी प्रस्पोरेटी’ सम्मेलनसहित भव्य रूपमा मनाइने

    काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले  आफ्नो स्थापनाको २५औं  वार्षिकोत्सव आगामी माघ ४ गते विशेष कार्यक्रमसहित मनाउने जानकारी दिएको छ। इप्पानले ‘लिडिङ द इनर्जी प्रस्पोरेटी’ भन्ने नारासहित ‘इप्पान…

    Read more

    Leave a Reply

    You Missed

    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    • By
    • December 21, 2024
    • 8 views
    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    इप्पानको रजत जयन्ती ‘लिडिङ दि ईनर्जी प्रस्पोरेटी’ सम्मेलनसहित भव्य रूपमा मनाइने

    • By
    • December 20, 2024
    • 15 views

    एक्टिभ सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभको २०औं साधारणसभा सम्पन्न

    • By
    • December 20, 2024
    • 15 views

    Profile and Interviews: Why me???

    महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबीच समझदारी

    • By
    • December 19, 2024
    • 13 views

    राष्ट्र बैंकको नीतिगत व्यवस्थामा समयानुकूल समीक्षा हुन्छ: गभर्नर

    • By
    • December 19, 2024
    • 14 views