नेपाललाई असफल राष्ट्र बनाउन राजनीतिक दलहरुले भूमिका खेलिरहेको छः प्राध्यापक डा. आचार्य

२३ मंसिर, काठमाडौं । संयुक्त राष्ट्र संघका लागि नेपाली पूर्व राजदूत तथा प्राध्यापक डा. जयराज आचार्यले नेपाललाई असफल मुलुक बनाउनमा कर्मचारीतन्त्रले नभई राजनीतिक दलहरुले भूमिका खेलिरहेको बताउनु भएको छ ।
नवनियुक्त राजपत्राकिंत तृतीय श्रेणी, शाखा अधिकृतहरुको सम्मानमा सेडेप नेपाल (नेम) ले  हिजो काठमाडौंमा आयाजना गरेको कार्यक्रममा बोल्दै प्राध्यापक डा. आचार्यले यस्तो बताउनु भएको हो ।
कर्मचारीतन्त्रमा राजनीतिक दलका विभिन्न संघ, संगठनहरुको प्रभावका कारण कर्मचारीको वृत्ति विकासमा समस्या हुने गरेको साथै चाहे जस्तो प्रतिफल दिन नसकेको हुँदा दलका संघ, संगठन खारेज हुनुपर्ने आचार्यको भनाई छ ।
डा. आचार्यले जनतालाई छिटो, छरितो र प्रभावकारीरुपमा सार्वजनिक सेवा प्रवाह गर्न कुनै दाग नलाग्ने गरी इमान्दारीपूर्वक कर्तव्यनिष्ठ भएर जनताको सेवामा लाग्न नवनियुक्त शाखा अधिकृतहरुलाई अनुरोध गर्नु भयो ।
शाखा अधिकृतहरुको तलबमान निकै कम रहेका बताउँदै डा. आचार्यले कर्मचारीतन्त्रको आकार घटाएर भएपनि तलबमान कम्तीमा ६० हजार बनाउनु पर्ने सुझाव दिनु भयो ।
सेडेप नेपालले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन, लेखा, राजश्व तथा लेखापरीक्षण सेवा, न्याय सेवा र परराष्ट्र सेवाका नवनियुक्त शाखा अधिकृतहरुलाई सम्मान गरेको हो । सेडेप नेपाल विगत १८ बर्षदेखि सरकारी सेवाका प्र्रवेशको लागि सहजीकरण तथा मार्ग निर्देशन गर्दै आएको छ ।

 

 

The post नेपाललाई असफल राष्ट्र बनाउन राजनीतिक दलहरुले भूमिका खेलिरहेको छः प्राध्यापक डा. आचार्य first appeared on Khabar Breaking.

  • Related Posts

    राष्ट्र बैंकको नीतिगत व्यवस्थामा समयानुकूल समीक्षा हुन्छ: गभर्नर

    ४ पुष ,काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल  राष्ट्र बैंकको नीतिगत व्यवस्थामा समय र परिस्थिति अनुसार समीक्षा र परिवर्तन गरिने बताएका छ्न। उनले  बैंकहरुलाई जोगाउन लागि हाल…

    Read more

    पर्यटन समाज सहकारीमा नारायण पौडेलको अध्यक्षतामा नयाँ संचालक समिति

    काठमाडौं । पर्यटन समाज सहकारी संस्थाले आफ्नो १६औं वार्षिक साधारणसभा सम्पन्न गर्दै  नारायण पौडेलको  अध्यक्षतामा नयाँ संचालक समितिको चयन गरेको छ। संस्थाको यही मंसिर २९ गते शनिबार भएकाे साधारणसभाले आगामी…

    Read more

    Leave a Reply

    You Missed

    राष्ट्र बैंकको नीतिगत व्यवस्थामा समयानुकूल समीक्षा हुन्छ: गभर्नर

    • By
    • December 19, 2024
    • 7 views

    पर्यटन समाज सहकारीमा नारायण पौडेलको अध्यक्षतामा नयाँ संचालक समिति

    • By
    • December 19, 2024
    • 7 views
    पर्यटन समाज सहकारीमा नारायण पौडेलको अध्यक्षतामा नयाँ संचालक समिति

    शाैभाग्याेदय नमुना स्कुलको अक्षयकोषमा महेन्द्र खनालको सहयोग

    • By
    • December 19, 2024
    • 7 views
    शाैभाग्याेदय नमुना स्कुलको अक्षयकोषमा महेन्द्र खनालको सहयोग

    “मिस हेरिटेज ईन्टरनेशनल २०२४” को ताज नेपालकी सुश्मिता श्रेष्ठलाई

    • By
    • December 18, 2024
    • 12 views
    “मिस हेरिटेज ईन्टरनेशनल २०२४” को ताज नेपालकी सुश्मिता श्रेष्ठलाई

    नेपाल बैंकर्स संघको अध्यक्षमा कोइराला निर्विरोध

    • By
    • December 17, 2024
    • 16 views

    आज तीन वटा संसदीय समितिको बैठक बस्दै

    • By
    • December 17, 2024
    • 15 views