बिष्णु प्रसाद शर्मा,
जो सुकैमा अथाह ज्ञान, बिद्या रहेको छ भने त्यस बिद्यालाई श्रद्धापूर्वक स्वीकार गर्नुलाई बुद्धिमानी, ज्ञानी र भद्र पुरुष भनिएको छ । कुनै ब्यक्ति वा जस माथि झुटो आरोप दोष लगाइन्छ ,त्यो रुँदा आँशु निस्क्यो भने त्यो आँशुले आरोप लगाउनेका पुत्रहरु र पशुहरुको बिनाश गर्दछ । त्यसै कारण कसैलाई झुटो आरोप लगाउँनु हुदैन ।
जस जसले आपराधिक कर्मलाई समर्थन गरेर स्वार्थको भाषा बोलेका र बोलिरहेका छन उनीहरुको क्षति भएको छ । नास भएको छ र उँधो गतिको सामना गरि राख्नु परेको हामी सबैले देखि राखेका छौं । ब्राहमणहरुले यज्ञोपवीत (जनै )सधै लगाई राखनु पर्दछ र शिखा बाँधेर राख्नु पर्दछ । यज्ञोपवीत र शिखा नभएको अबस्थामा गरिएको यज्ञादि अथवा पूण्यकर्महरु निष्फल हुनेछन् । त्यसैले पाएको कर्म नगर्नेहरुले देशको बागडोर सम्हाल्छु भनेर हँुदैन उ संग ज्ञान हुनु पर्छ । देशको माटो चिनेको हुनु पर्छ । जनताको र देशको हित उपकारी काम गर्न सक्नु पर्छ ।
बिदेशबाट आएको सुझाव र अर्थले नेपालको हित गर्दछ र धर्म, संस्कृति , परम्परा र हितोपदेश त्यागेर उन्नति हुन्छ भन्नु गलत थियो त्यसैको परिणाम नेपालमा आज संकटको अबस्था किन आयो ? भनेर तमाम जनता निराश रहनु परेको छ । जनताको पनि ठूलो भूल भयो र यो प्रश्नको उत्तरमा संकटको समाधान स्वयंम जनताले नै सहन गरिराख्नु पर्दा पनि सचेत भएको पाइदैन । जनताको काम जसले जे भन्दछ त्यसैलाई समर्थन गरेर तालि बजाउँनु मात्रै होइन । उसले के भन्दै छ ? के गर्न चाहन्छ र त्यसबाट देश र जनतालाई उसको भनाई र गराईले के फाइदा हुन्छ ? के फाइदा हुन्छ भनेर छुट्टाउनु पनि सक्नु पर्दछ । त्यसो नहँुदा अन्धभक्त भै समर्थन दिंदाको परिणाम हो, यो । मेघ गर्जन सहित हावा, हुरी त्यसै आउँदैन । त्यो हावा, हुरीले कतै सफा बनाउने काम गरेको हुन्छ भने कतै क्षति र फोहोर बनाइदिएको पनि हुन्छ । त्यसैले मौसम परिवर्तनबाट हुन सक्ने घटनाको पनि सचेत भै सामना गर्न सक्ने क्षमता जनतामौ रहेको हुनु पर्दछ । सदाचारको पछाडी दुराचारको पनि पाटो रहेको हुन्छ । शर्मा, नेपाल संरक्षण अभियानका केन्द्रीय संयोजक हुनुन्छ ।